अब देखि मृगौला पीडित तथा दिर्घ रोगीहरुले मासिक रुपमा ५ हजार रुपैयाँ भत्ता पाउने, उपचारका क्रममा खटिने डाक्टरहरु र पत्रकारहरुलाई पनि गरियो सम्मान

काठमाडौं / नेपाल

अब देखि मृगौला पीडितहरुले मासिक रुपमा ५ हजार रुपैयाँ भत्ता पाउने भएका छन् । लामो समय मृगौला पीडितहरुको अभियान पछि नेपाल सरकारले यो ब्यवस्था लागू गरेको हो ।

यसै अवसरमा श्री मृगौला पीडित सरोकार समाज नेपाल, केन्द्रीय कार्य समितिद्वारा आयोजना र ग्रीनसिटी हस्पिटलको सहकार्यमा “सम्मान, सचेतना तथा वर्तमान सरकारलाई धन्यवाद ज्ञापन कार्यक्रम – २०७९” कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यक्रममा श्री मृगौला पीडित सरोकार समाज नेपाल, केन्द्रीय कार्य समितिका अध्यक्ष बलराम सुबेदीको अध्यक्षता रहेको थियो भने नेपाल सरकारका स्वास्थ्य राज्य मन्त्री भवानी प्रसाद खापुङ्ग रहेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा ग्रीन सिटि हस्पिटलका प्रमुख डा. लोक बहादुर टण्डन, इन्द्रेणीका कृष्ण कंडेल, पुर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा भलिबल प्रशिक्षक रबि बोगटी, बिधुत प्राबिधिक गंगा भण्डारी, मृगौला रोग विशेषज्ञ डा. महेश सिग्देल, ग्रीन सिटि हस्पिटलका नेफ्रोलोजिस्ट डा. प्रकाश पौडेल, राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी प्रमुख पुकार चन्द श्रेष्ठ रहेका थिए भने समाजसेवी हरि बहादुर कार्की, समाजसेवी रामराज थापा, मिना मल्ल, पद्मा खत्री, नर बहादुर (तामाङ) मोक्तान, प्रदेश ५ का अध्यक्ष रमेश केसि, प्रदेश ५ का उपाध्यक्ष कृष्ण मल्ल लगायत अन्य रहेका थिए ।

कार्यक्रमको सञ्चालन श्री मृगौला पीडित सरोकार समाज नेपाल, केन्द्रीय कार्य समितिका केन्द्रिय महासचिव राज कुमार रायमाझीले गरेका थिए भने मिडिया संयोजकको भुमिका पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले निर्वाह गरेका थिए । मृगौला पिडितहरुले अब देखि मासिक रुपमा ५ हजार रुपैयाँ भत्ता पाउने भएपछी बिरामीहरु खुशी ब्यक्त गर्दै आफ्ना बिगतका पिडाहरुलाई खुलेरै ब्यक्त गरेका थिए । साथै मृगौला पिडितहरुलाई भत्ता मात्र हैन समय मै उपचार पाउने र बिरामीलाई बचाउने ब्यवस्था नेपाल सरकारले गर्नु पर्ने माग पनि राखेका थिए ।

उक्त कार्यक्रममा मृगौला उपचारमा खटिरहने डाक्टरहरु, समाजसेवीहरु, कलाकार, ईन्द्रेणीका कृष्ण कंडेल र विभिन्न मिडियाका पत्रकारहरु सम्मानित भएका थिए । कार्यक्रममा बिरामीहरु र पत्रकारहरुको उत्साहजनक सहभागिताले स्वास्थ्य राज्य मन्त्री भवानी प्रसाद खापुङ्ग खुशी ब्यक्त गर्दै यस्तो कार्यक्रम देशभर आयोजना गर्नु पर्ने र धेरै बिरामीलाई चेतना फैलाउनु पर्ने आवश्यकता रहेको कुरा ब्यक्त गरे । साथै नेपाल सरकारले मृगौला पिडित र दिर्घ रोगीहरुको लागि दिएको मासिक भत्ता ५ हजार रुपैया लिन गाँउपालिका र नगरपालिकामा आफ्नो डाटा बुझाई दर्ता गरि आफ्नो भत्ता लिन उनले अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...