प्रतिष्ठानमा लागेपछी मेरो केही तिता, मिठा अनुभव र भोगाई अनि समर्थनको कथा

प्रकाश बराईली “अभिव्यक्ति”
काठमाडौं, नेपाल ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको स्थापनाकाल देखि ३ कार्यकाल सदस्य पदमा बसे । जहिल्यै माथी जान खोज्दा अरुले पनि मैले दिएको पदको उम्मेदवारीमा उम्मेदवारी दिन खोज्ने रहर गर्ने कारणले र सबैको अनुरोधमा रहर गर्ने अरु ब्यक्तिलाई समर्थन गरिदिने फेरि सदस्य बसिदिने गर्दै ३ कार्यकाल सदस्य बसेरै गयो । यसलाई म अभागी भनौ कि के भनौं । तर म सदस्य पदमा बसेपनी अरुले भन्दा धेरै काम गरेको र ललितपुर समितिको लागि छाती ठोकेर हिनेको मान्छे हुँ ।

ललितपुर समितिको मात्र नभई अन्य समितिहरु, उपत्यका समन्वय समिती, केन्द्र लगायत विभिन्न संघ संस्थाको हरेक प्रकारका कामहरु गर्ने, सघाउने, कार्यक्रममा ३०/४० जना पत्रकार ल्याईदिने, जहाँ बोलायो त्यही पुग्दिने, जे भन्यो त्यही गरिदिने, केही आयोजकले दुखेसो खर्च / यातायात खर्च, साथीहरू संग हिड्दाको खर्च दिन्छु भनेर काम गराउने अनि कार्यक्रम सकिएपछी आयोजकले बोलेको कुरा पूरा नगर्दा पनि आफैले खर्च गरिदिने गरेको थिए । त्यो कुरा कि केही सम्बन्धित आयोजकलाई थाहा होला, कि मलाई थाहा होला ।

मैले हरेक संस्थाको काम / कार्यक्रममा योग्दान गरेको कुरा धेरै कलाकारहरुलाई थाहा नै छ होला । प्रतिष्ठानले मलाई दिएको हरेक जिम्मेवारी पूरा गरेकै छु । सुजन बराईली अध्यक्ष भएपछि दाहीने हात भएर काम पनि गरे । अध्यक्ष सुजन बराईली गोदावरीबाट काठमाडौं आउदा २ घण्टा लाग्ने भएपनी तोकिएको समयमै आउने, म संग समन्वय गर्ने संगै काम गर्ने, छलफल गर्ने गरेका पलहरु पनि छन् । कहिले नभ्याएपछी मलाई आज यो काम गर्न परो भनेपछी अध्यक्ष सुजन बराईलीको अनुपस्थिती काम गरिदिने, अध्यक्षको निर्देशन पालना गर्ने ब्यक्तिको रुपमा पर्छु ।

केही महिना अघि ललितपुर समितिको आयोजनामा “संस्थागत एकल लोक गायन प्रतियोगिता” हुँदा ६०%भन्दा बढि सहयोग र प्रायोजक खोजेर कार्यक्रम सफल बनाए बापत सम्मान पनि पाएको ब्यक्ती हु । ईतिहास साछी छ । संस्थाले के दिन्छ हैन आफुले संस्थालाई के दिन सकिन्छ भनेर योग्दान पुर्‍याउन खोजेको थिए । आफू ३ कार्यकाल सदस्य पदमा रहेपनी पदिय हिसाबले सानो ब्यक्ती हुँ तर अरुले गर्नु पर्ने काम सदस्यले गरेको छु । काम गर्नलाई पद हैन समय, लगाब, ईमान्दारिता अनि संस्था प्रती चासो पनि चाहिन्छ । ठूलो पदमा बस्दा ठूलो हुने सानो पदमा बस्दैमा सानो हुने होईन । यो कुरा मैले प्रमाणित गरिदिएको छु । उ कस्तो हो भन्दा उस्को चरीत्र, काम कर्तव्य, लगाब, ईमान्दारिता, संस्था प्रतिको झुकाब कस्को कति छ र कस्ले संस्थालाई कति समय दिन सक्छ भन्ने कुराले महत्व राख्छ जस्तो लाग्छ । मेरो बारेमा कस्ले कसरी मुल्यांकन गर्नु हुन्छ, त्यो उहाँहरुकै नजरमा भर पर्छ । म सबैको नजरमा राम्रो हुन नसकुला । तर केही ब्यक्तिको नजरमा चाहिँ अवश्य राम्रो छु । यसमा कुनै दुईमत छैन । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको “नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन – २०७९” बाट संस्था बाहिर बस्ने, कार्यसमिति भित्र नबस्ने तर आजिवन सदस्यता लिने साेच बनाएको थिए । ललितपुर समितिबाट विश्राम लिने सोच बनाएको थिए । तर त्यो मेरो सोचाई अनि योजना असफल भएको छ । म संस्था बाहिर हुन्छु भन्दै गर्दा कतिपय ब्यक्तिहरु खुसी हुनुहुन्थ्यो होला । तर धेरै ब्यक्तीहरु चिन्तित पनि हुनु भयो ।

धेरैले मलाई संस्थाबाट नबाहिरिन अनुरोध गर्नु भयो । सबैको अनुरोधलाई अस्विकार गर्न सकिन । मुलत केन्द्र र उपत्यका समन्वय समितीबाट आएको अनुरोध अनि उहाँहरुले म प्रती बिगतमा देखाएको सद्भाव, स्नेह, साथ सपोर्टलाई अस्विकार गर्न सकिन । उहाँहरुले म प्रती देखाएको सद्भाव, स्नेह, साथ सपोर्ट अबिश्मणिय पनि छन् । यो कुरालाई भुल्न मिल्दैन ।

एक मन उहाँहरुको अनुरोधलाई स्वीकार नगरेपछि जुन थालमा खाको हो, त्यही थालमा आची गरे जस्तो हुन्छ कि भन्ने लाग्यो । प्रतिष्ठानमा आबद्ध भईसकेपछी धेरै कुरा सिक्न पाईयो । धेरै संग घुलमिल हुन पाईयो । कलाकारहरु संग चिनिने अवसर पनि पाईयो । धेरै कार्यक्रममा सम्मान पनि पाईयो । म आफ्नो धरातल, पृष्ठभुमि, बिगतलाई कहिल्यै भुल्दिन । कतिपय कलाकारहरु आफ्नो धरातल, पृष्ठभुमि, बिगत अनि गुन बिर्सिने गर्छन् । म अलि अन्य ब्यक्ति भन्दा पृथक ब्यक्ती हुँ । तर मैले भोग्दै आएको कुरा जो कलाकारले सपोर्ट माग्यो सपोर्ट गर्दिने, गीत चलेपछी मलाई नै नचिन्ने गरेको कतिपय तिता पलहरु पनि छन् । एउटा कुरा सोच्नुस त मन्दिरमा पुजा गर्छन् कि आची ? म कतिपय कलाकारहरुको लागि भगवान हुँ । प्रतिष्ठान मेरो लागि मन्दिर हो ।

अर्को कुरा धेरै पत्रकार मित्रहरुले मलाई साथ दिएर मात्र म मिडिया संयोजक भएको हुँ । पत्रकार मित्रहरुले साथ नदिएको भए म मिडिया संयोजक हुन सक्ने थिईन । त्यो कुरा पनि म स्मरण गराउन चाहन्छु । त्यो कुरालाई म कदापी भुल्ने छैन । आफ्नो धरातल कहिल्यै बिर्सिनु हुन्न । जो कोहि ब्यक्तिले पनि पहिला आफू को हुँ, कस्तो छु भनेर आफैले आफैलाई ऐना हेरे झै हेर्न जरुरी छ । मलाई साथ दिने पत्रकार मित्रहरु पनि आभारी छु । विशेष त केन्द्र र उपत्यका समन्वय समितिले संस्था बाहिर नबस्न र संस्थालाई सहयोग गर्न अनुरोध गर्दै प्रवक्ता एबम कार्यक्रम संयोजकमा बसेर सहयोग गर्न अनुरोध गर्नु भयो । त्यो अनुरोधलाई सहर्ष स्विकार्दै प्रतिष्ठान नछोड्ने निर्णय गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको “नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन – २०७९”  मा म प्रती चिन्तित हुने संस्था बाहिर नबस्न अनुरोध गर्ने ब्यक्तिहरु केन्द्रिय वरिष्ठ उपाध्यक्ष एबम कार्यबाहक अध्यक्ष रिता थापा मगर ज्यु, पुर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्मा ज्यु, प्रथम उपाध्यक्ष पशुपती शर्मा ज्यु, केन्द्रिय द्वितीय उपाध्यक्ष रामजी खाण ज्यु, तृतीय उपाध्यक्ष दिपक खड्का ज्यु, केन्द्रिय उप – महासचिव शिव हमाल ज्यु, केन्द्रिय सचिब कृष्ण रेउले ज्यु, केन्द्रिय सचिब रमेशराज भट्टराई ज्यु, केन्द्रिय सचिब प्रचण्ड जिसी ज्यु, केन्द्रिय सदस्य पिएन सापकोटा ज्यु, केन्द्रिय सदस्य राज कुमार रायमाझी ज्यु, उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साल ज्यु, उपत्यका समन्वय समिती कि वरिष्ठ उपाध्यक्ष जमुना सनम ज्यु, उपत्यका समन्वय समितिका सचिब रामु खड्का ज्यु, निवर्तमान अध्यक्ष आर.सी. कोईराला ज्यु, गायक एबम  समाजसेवी राजन भुजेल बिश्वकर्मा ज्यु, निवर्तमान अध्यक्ष सुजन बराईली ज्यु र हाल: अस्ट्रेलियामा रहनु भएका केन्द्रिय अध्यक्ष रमेश बिजि ज्यु प्रती आभार प्रकट गर्दछु । साथै मेरो ब्यक्तिगत तर्फबाट ललितपुर समितिका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई एबम सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...