परदेशमा फसे गायक असिम कटुवाल, आखिर कसरी फसे त ? (भिडियो सहित)

काठमाडौं, नेपाल ।  नेपाली गीत संगीतमा दैनिक फरक-फरक किसीमका गीतहरु बजारमा आएको तपाई हामी सबैले देख्न अनि बुझ्न सक्छौं । त्यस्ता धेरै फरक किसीमका गीतहरुले भाब फरक फरक बोकेर ल्याए पनि कुनै मिलन अथवा बिछोडलाई नै समेटेर आएका हुन्छन्  । चाहे प्रदेशी भएर परीवार संगको बिछोड होस् अथवा माया प्रेममा धोखा-खाएर बिछोडिएको या मिलन समेत त्यस्तै किसीमले जोडिएको हुन्छ ।

हजारौं त्यस्ता गितहरु फरक तरिकाले तयार पार्दै ल्याउने कलाकारको साच्चै कला हुन्छ र त कलाकार भनेर चिनिएको हो कि ? यसै बिचमा विभिन्न चार्ड पर्वहरु नजिक आए संगै समय अनि दर्शकले चाहे अनुसार चार्ड पर्व बिशेष गीतहरु समेत बजारमा आउने गर्दछन् । हिन्दु नेपाली हरुको महान चार्ड बिजया दसमी समेत नजिक आउदै गर्दा हिजो आज बजारमा धेरै दशैँ बिसेष गीतहरु समेत आउने गरेका छन् ।

चार्ड पर्व नजिक आएसंगे कलाकार चार्ड पर्व बिशेष गित रेकर्ड गर्न, सुटिङ्ग संगै विभिन्न सास्कृतिक कार्यक्रममा समेत ब्यस्त हुने गरेका हुन्छन । त्यस्तै गरेर करिब १ दसक देखी नेपाली गीत संगीतमा पाइलाहरु अगाडि बढाउदै गर्दाका बेला बखत विभिन्न गीतहरु ल्याउने दोलखाका गायक तथा सर्जक असिम कुमार कटवाल पनि एक हुन् ।

जसले नेपाली गित संगीत अन्तर्गत हुने विभिन्न सास्कृतिक कार्यक्रम संगै आफ्नो गायन यात्रालाई लामो समय देखी निरन्तरता दिदै आएका छन् । दर्जनौं गीतहरुमा स्वर दिएर केहि गीतहरुबाट सफलता समेत हात पारेका असिमले प्राय लोक दोहोरी विधाका गीतहरु गाउने गरेका हुन्छन । यसै बिचमा भर्खर मात्र असिम कुमार कटवालले आफ्नै युट्युब बाट नया दसैं गित सार्बजनिक गरेका छन् ।

गायिका गीता देबि र असिम कुमार कटवालको स्वर रहेको गीत “परदेश्मा फस्या छु” बोलको रहेको छ । यस गीतमा शब्द तथा लय  बिशाल थापा मगरको रहेको छ । प्रस्तुत गीतको भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका छन् भने  छायांकन मरभुमी नारायण र सम्पादन कल्पेश बिश्वकर्माको रहेको छ ।

“परदेश्मा फस्या छु” गीतको भिडियोमा अभिनय उत्तम केसी, सबिन गौतम, ज्ञान बहादुर सतशंकर, सोभा भट्टराई र बिस्व थापा मगरले गरेका छन् । जन्म भूमीमा दसैं आउदै गर्दा लाखौ नेपालीहरुलाई प्रदेशी भुमीमा हुने गाउँघरको याद अनि सम्झनालाई चित्रण गर्दै उक्त गीतको भिडियो तयार पारीएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...