“दुमी गीत-सङ्गीत कोष” को सहयोगार्थ लोकप्रिय सङ्गीतकार/गायक सन्तोष दुमी राईको एकल साँझ हुने

-तुलसी गिरी ‘भावुक’

‘दुमी किराँत राई फन्सिकिम’ को आयोजनामा “दुमी गीत-सङ्गीत कोष” को सहयोगार्थ लोकप्रिय सङ्गीतकार/गायक सन्तोष दुमी राईको एकल साँझ हुने भएको छ l जन्मदिनको अवसर पारेर आगामी माघ १४ गते ‘सन्तोष दुमीसँग एक साँझ’ को आयोजना गर्न लागिएको कुरा सन्तोष दुमीले जानकारी गराएका छन् l ‘मेरो जन्म दिन चाहिँ माघ १२ हो, तर सबैलाई सहज होस् भनेर २ दिनपछि अर्थात् १४ गते शनिबार कार्यक्रम आयोजना गर्ने निधो गरियो’ उनले भने l कार्यक्रम आयोजनामा ‘दुम्किम वेलायत’ र ‘फन्सिकिम हङ्कङ’ को पनि विशेष सहकार्य रहने छ l  

करिव २ दशक अघिदेखि सङ्गीतकार एवं गायकको रुपमा निरन्तर क्रियाशील रहेका सन्तोष दुमी राईका सङ्गीत र स्वरमा हालसम्म २५० भन्दा बढी गीत रेकर्ड भईसकेका छन् l खोटाङ जन्मथलो भएपनि केहीवर्ष यता टोखा-८, बानियाँटारका बासिन्दा सन्तोषले यसअघि सन् २०१२ मा हङ्कङमा एकल साँझ गरेका थिए भने यो उनको दोस्रो एकल गायन साँझ हुने छ l समारोहमा आफ्ना कूल गीत मध्येबाट ‘घामले आँखा खोलिसक्यो’, ‘मुस्कुराई बस तिमी’, ‘साल्पै राजा’, ‘रातभरि जून रुँदा’, ‘निलो आकाश उडिहिँड्ने’, ‘तिम्ले छोडी गएपछि’, ‘बादलुको पर्दाभित्र’, ‘तिम्रो सम्झनामा आज’, ‘रावा खोलाको झिन्झटी’, ‘के नै रहेछ र जिन्दगी’ आदि गरी भावप्रधान एवं मेलोडियश बढीमा डेढ दर्जन गीतको प्रस्तुति रहने कुरा सन्तोषले जानकारी गराएका छन् l केही दुमी भाषाका गीतको समेत प्रस्तुति रहने सो समारोहमा अतिथि गायक-गायिका नराखिने र युगल गायनको समेत प्रस्तुति नगरिने कुरा उनले स्पष्ट पारे l कार्यक्रम थापागाउँस्थित मण्डला थिएटरमा साँझ आयोजना हुने छ l

प्राप्त जानकारी अनुसार सन्तोषलाई वाद्यवादनमा सुरज प्रधान, आदेश गुर्माछान, बैभव विक्रम परियार, भूपेन्द्र रसाईली र नवीन न्यौपानेले साथ दिने छन् l लगभग २५ वर्ष अघि स्थापित ‘दुमी किराँत राई फन्सिकिम’ ले यस प्रकारको कार्यक्रम पहिलोपटक आयोजना गर्न लागेको कुरा थाहा भएको छ भने करिव ४ वर्ष अघि स्थापित ‘दुमी गीत-सङ्गीत कोश’ ले अवसरबाट बन्चित प्रतिभाशाली दुमी प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ l ‘मैले पहिले हङ्कङमा एकल साँझ गरिसकेको भएपनि नेपालमा भने यो नै पहिलो हो l यो कार्यक्रम व्यावसायिक उद्देश्यले आयोजना गर्न लागिएको होईन l मेरो पहिलादेखिकै एउटा सपना हो’ सन्तोषले कार्यक्रम आयोजना गर्नुको कारणबारे स्पष्ट पारे l

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...