सरला श्रेष्ठको गीति कविता “अधिकार बाँडिदेउ” सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार सरला श्रेष्ठको गीति कविता “अधिकार बाँडिदेउ” को अडियो भिडियो सार्वजनिक भएको छ । अन्तराष्ट्रिय नारी दिवसको दिनमा नेपाल चलचित्र विकाश बोर्डमा आयोजित कार्यक्रममा अधिकार बाडिदेउ शिर्षकको गीतलाई सार्वजनिक गरिएको हो ।

नेपाली सांगीतिक क्षेत्रका दिग्गज व्यक्तिहरुको उपस्थितीमा सार्वजनिक गरिएको गीतमा अहिलेकी चर्चित गायिका मिलन नेवारको स्वर लक्ष्मण पोखरेलको संगीत रहेको छ । वि.स. २०४४ सालमा प्रकाशित कविता संग्रह यात्रा शुभारम्भमा संकलित कवितालाई संगीतकार लक्ष्मण पोखरेलले सरल संगीतमा गीत तयार पारेका हुन् भने गायिका मिलन नेवारले गीत र संगीतको भावलाई मिठास तरीकाले स्वर दिएकी छन् ।

छोरा र छोरीबीचको भेदभावलाई अन्त्य गरौ छोरीलाई पनि छोरा समान हक र अधिकारबाट बन्चित नगरौ भन्ने सन्देश बोकेको गीतलाई वरिष्ठ संगीतकार राजु सिंह गीतकार संघका अध्यक्ष तथा वरिष्ठ गीतकार वशन्त वित्यासी थापाले एक भव्य समारोहकाबीचमा गीतलाई सार्वजनिक गरेका थिए ।

उक्त अवसरमा संगीतकार राजु सिंहले नेपाली संगीतले धेरै पछि एउटा कालजयी गीत पाएको र सांगीतिक क्षेत्रले एक उदयमान संगीतकार जन्माएकोमा खुसी व्यक्त गरेका थिए । गीतकार संघका अध्यक्ष वशन्त वित्यासी थापाले अधिकार बाडिदेउ गीतबाट नेपाली गीत संगीतले एक पटक फेरी सुन्दर सिर्जन पाएकोमा गीतकार संगीतकार गायिकालाई बधाई र सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यसै गीतकी गीतकार सरला श्रेष्ठ भिडियो सन्देश मार्फत अतिथिहरुलाई स्वागत र गीतको बारेमा धारणा राखेकी थिईन । संगीतकार लक्ष्मण पोखरेल गीत तयार पार्दको रमाईला अनुभव र अनुभुति सुनाएका थिए । विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रममा कलाकारहरुलाई खाजा लगाएर सम्मान गरिएको थियो ।

लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको गीतमा दिल सार्कीको रेकर्डिङ किशोर थापाको मिक्सिङ रहेको छ । एवान म्युजियनका रेर्कर्ड भएको गीतलाई ओम प्रकाश अवस्थीले लेखन सम्पादन र निर्देशन गरेका हुन् । अमृता श्रेष्ठ सुमित्रा अधिकारी प्रशान्त हुमगाई सुक्रीत खतिवडा स्यारोन खतिवडाको अभिनय रहेको छ । म्युजिक भिडियोमा रक कौशल छायाकन अनिमेश गुरुङको मेकअफ लक्ष्मण भण्डारी राज घिसिङको प्रोडक्सन रहेको गीतलाई एसएस कृयशनले बजारमा ल्याएको हो ।

गीतकार सरला श्रेष्ठको प्रस्तुती रहेको गीत एसएस कृयशन युटुव च्यानलबाट प्रशारण गरिएको छ । उक्त गीतले हाम्रो समाजमा व्याप्त छोरा र छोरीको विभेदलाई अन्त्य गर्न थप मद्दत पुग्ने आशा राखेको गीतकार सरला श्रेष्ठले राखेकी छन् । गायिका मिलन नेवार पनि उक्त गीतबाट आफुले धेरै पछि एउटा राम्रो सृजनामा जोडिना पाएकोमा खुसी लागेको बताउछिन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...