अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको पाँचौं केन्द्रिय वार्षिकोत्सव सम्पन्न

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले आफ्नो पाँचौं केन्द्रिय वार्षिकोत्सव असार १४ गत्ते बिहीवार भव्यताकासाथ मनाएको छ। उक्त कार्यक्रम पूर्वसभामुख कृष्णबहादुर महराको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो।

 

वार्षिकोत्सवको प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सामाजिक गतिविधिले समाज रुपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। आफ्नो चाहना पनि सामाजिक काम गर्ने नै भएको उहाँले बताउनुभयो। उहाँले अहिले राजनीति भन्दा समाजसेवातिर मान्छेको आकर्षण भएको बताउँदै समाज सेवाको रुपमा काम गर्न आएको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले रोल्पाली सेवा समाजले विभिन्न समयमा निकै महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै समाजमा आबद्ध व्यक्तिहरु एकताबद्ध भएर साझा सोच, विचारका साथ आगामी दिनमा अगाडि बढ्दै जानुपर्नेमा जोड दिनुभयो।

 

 

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा घोराही उमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले समाजले गरेका सामाजिक गतिविधिप्रति सम्मान व्यक्त गर्दै नेतृत्व विकासलगायतका गतिविधिमा संस्थालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले पीडितहरुमा मल्हम लगाउन गरेको सहयोग सराहनीय भएको बताउनुभयो।

 

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओलीले सामाजिक सञ्जालको दुरुपयोग बढेको बताउँदै साइबर सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले अनुमतिबिना कसैको तस्विर नलिन अनुरोध गर्दै साइबर सुरक्षाका विषयमा सबैलाई सचेत हुन आग्रह गर्नुभयो। कार्यक्रममा समाजसेवी पदम केसी, रेउघाली समाज समिति दाङका अध्यक्ष श्यामसुन्दर घर्ती मगर, संस्थापक अध्यक्ष सन्दीप थापा, समाजका महासचिव चेतबहादुर डाँगी, बागेश्वरी ट्रष्टका अध्यक्ष चतुरमान डाँगी, नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाका सभापति तिलक रावंतलगायतले बोल्नुभएको थियो।

 

 

सोही अवसरमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले पाँच वर्षको अवधिमा समस्यामा परेका समाजका सदस्य तथा अन्य ब्यक्तिलाई दुई करोड ५० लाख बढी आर्थिक सहायता दिएको जानकारी दिइएको थियो। वार्षिकोत्सवको अवसरमा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीले समाजले गर्दै आएको कामका बारेमा जानकारी गराउँदै हालसम्म १५ देशमा यसको शाखा विस्तार भएको बताउनुभयो। अधिवेशनका अवसरमा मौलिक पञ्जेबाजासहितको प्रभातफेरिले घोराही बजार परिक्रमा गरेको थियो भने कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो।

 

 

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका प्रवक्ता वकिलबहादुर पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार डिबी बुढाथोकीले गर्नुभएको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...