रियालिटी शो “दोहोरी आईकन” को निर्णायकमा कोमल ओली, पशुपती शर्मा, कुलेन्द्र बिश्वकर्मा

काठमाडौं । 

नेपाली मौलिक लोक दोहोरी गीतको संरक्षण र प्रबर्द्धन, अग्रजलाई सम्मान अनि नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारा सहित प्रतिभाको खोजी गर्ने उदेश्यले AJ Entertainment Pvt. Ltd द्वारा आयोजना गर्न लागिएको टेलिभिजन रियालिटी शो “दोहोरी आईकन” को पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यक्रममा अजय पोखरेलको अध्यक्षता रहेको थियो भने बरिष्ठ लोक गायिका कोमल ओली समाजसेवी रमेश बाबु श्रेष्ठ, चर्चित गायक पशुपती शर्मा, चर्चित गायक कुलेन्द्र बिश्वकर्मा, चर्चित गायक कृष्ण रेउले, चर्चित गायक दिपक खड्का लगायत अन्य कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । “दोहोरी आईकन” AJ Entertainment Pvt. Ltd र यो हो टिभीको संयुक्त प्रस्तुतीमा सञ्चालन गर्न लागिएको हो ।

“दोहोरी आईकन” यो हो टिभीबाट केही महिनापछि सुरु हुने कुरा आयोजक पक्षले बताएको छ । “दोहोरी आईकन” मा बिशेष त मौलिकतालाई जोड दिईनुका साथै केही सातापछि डिजिटल तथा अनलाईन मार्फत अडिशन सुरु गरिने कुरा आयोजकको तर्फबाट जानकारी आएको छ ।

“दोहोरी आईकन” मा कोमल ओली, पशुपती शर्मा, कुलेन्द्र बिश्वकर्मा निर्णायकको रुपमा  रहेका छन् भने होस्टको रुपमा पिएन सापकोटा र शोभा त्रिपाठी रहेका छन् । साथै केही महिनामा अडिशन सुरु भए लगत्तै पुनः पत्रकार सम्मेलनको आयोजना गरि केही निर्णायक पनि थपिने कुरा पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । “दोहोरी आईकन” मा प्रथम पुरस्कार स्वरुप २५ लाख रुपैया निर्धारण गरिएको र बिश्व भ्रमणको पनि ब्यवस्था रहेको कुरा कार्यक्रममा घोषणा गरिएको थियो ।

“दोहोरी आईकन” मा मौलिकता र नयाँ प्रतिभालाई बिशेष जोड दिईने कुरा निर्णायकहरु कोमल ओली, कुलेन्द्र बिश्वकर्मा र पशुपती शर्माले बताए । पत्रकार सम्मेलनको कार्यक्रम सञ्चालन यसै आईकनका होस्ट पिएन सापकोटाले गरेका थिए भने पत्रकारहरु प्रकाश बराईली “अभिब्यक्ति” र गोपीकृष्ण चापागाईले मिडिया संयोजकको भुमिका निर्वाह गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...