बिरेन्द्र भाट “बिपिन” को निर्देशन तथा सम्पादनमा “माईत रमाईलो” सार्वजनिक

काठमाडौं । गीतकार देवी पराजुलीको शव्द, रचनामा रहेको तीज गीत “माईत रमाइलो” को भिडियो सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक औपचारिक समारोहमा सो गीतको भिडिओ युट्युब मार्फत लोकार्पण गरिएको हो । गीतकार पराजुलीकै सभापतित्व एवं समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा विशिष्ट अतिथिका रुपमा मधेशी आयोगकी सदस्य रेणुदेवी शाह, संविधानसभा सदस्य रिमा नेपाल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार भेषराज अधिकारी, उपसचिव नवराज पाण्डे, गीतकार संघ नेपालका उपाध्यक्ष रमेश कोईराला, कर्मचारी युनियनकी उपाध्यक्ष निर्मला शर्मा, साहित्यकार राजेन्द्र घिमिरे, गीतकार प्रकाश सुवेदी, गायिका सत्यकला राई, सिनेम्याटोग्राफर तथा सम्पादक वीरेन्द्र भाट ‘विपिन’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’ लगायतको उपस्थिति रहेको थियो ।

‘माइत रमाइलो’ बोलको यस गीतमा राम कार्कीको लय तथा सङ्गीत संयोजन रहेको छ भने विन्दु परियार र राम कार्कीले स्वर दिएका छन् । गीतको मिक्सिङ कृष्ण पुनले गरेका हुन् । वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको यस म्युजिक भिडिओमा महेश महराको सिनेम्याटोग्राफी, मुकेश नेपालीको कोरियोग्राफी तथा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सम्पादन रहेको छ । भिडिओमा अनिषा न्यौपाने, परशु बस्नेत लगायत दर्जनौं महिलाहरुले आकर्षक अभिनयरनृत्य गरेका छन् । प्रेम र सद्भावको सन्देश बोकेर आएको यस गीत तथा भिडिओले पति पत्नी बीचका साथै कर्मघरका अन्य सदस्यहरु प्रति समेत सम्मान र प्रेम प्रकट गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । दुःख, कलह, असन्तुष्टि, वैमनष्यता र आरोप प्रत्यारोप जस्ता नकारात्मक विषयवस्तुमा केन्द्रित तीज गीत तथा भिडिओहरुको भीडमा यस गीतले फरक पहिचान स्थापित गर्ने छ भन्ने विश्वास गर्न सकिन्छ । सङ्गीतकार तथा गायक सुरेश शाहीले सहजीकरण गरेको सो समारोहमा गीतकार प्रकाश सुवेदीले गीत तथा भिडिओको समीक्षा गरेका थिए ।

 

सानै देखि गीत सङ्गीत प्रति गहिरो झुकाव भएकी गीतकार देवी पराजुलीले ३ कक्षामा पढ्दै गर्दा नै ‘कोरिदेऊ आमा बाटिदेऊ आमा फूल पनि लगाईदेऊ, म एउटी छोरी धेर भएँ भने नदीमा बगाईदेऊ’ गाएर सबैलाई चकित पारेकी थिईन् । त्यही बेलादेखि आफैं रचना गरेर समेत गीत गाउन थालेकी देवीले विविध कारणवश लामो समय अपेक्षाकृत आफ्नो सिर्जनशीलतालाई अगाडि बढाउन नसके पनि उनी हराएकी भने छैनन् । करिव १५ वर्ष अघिबाट औपचारिक रुपमा लेखन यात्रामा अघि बढेकी देवीका गीतका अतिरिक्त चेतनामूलक एवं नारी उत्पीडन विरुद्धका विभिन्न लेखहरु समेत सञ्चारमाध्यमहरुबाट प्रकाशित हुँदै आएका छन् । निजामती कर्मचारी संगठन सचिवालय सदस्य समेत रहेकी उनी एक जिम्मेवार र जुझारु कर्मचारीका रुपमा परिचित छिन् । गीतकार देवीका हालसम्म तीजगीत, राष्ट्रिय भाव, चेतनामूलक, आधुनिक आदि गरि १४ वटा गीत रेकर्ड भएका छन् भने केही गीतका भिडिओ समेत निर्माण भईसकेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...