सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको “जीवनको रेल” बोलको गीत पुरुष स्वरमा पनि सार्वजनिक भएको छ । गीतकार दीपेन्द्र अधिकारीको सृजनामा रहेको “जीवनको रेल” बोलको गीतको भिडिओ शुक्रबार डिए क्रिएसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक तथा सङ्गीतकार सिडी विजय अधिकारीले स्वर दिएको यस गीतमा राजु कार्कीले सङ्गीत संयोजन गरेका छन् । राजधानीको अनामनगरमा रहेको त्रिवेणी डिजिटलमा रेकर्डिङ भएको यस गीतको मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले गरेका हुन् ।

भिडिओ सिलौटो कटेज, अनामनगरमा छायाङ्कन यस म्युजिक भिडिओमा छायाङ्कन, सम्पादन र निर्देशनको भूमिका वीरेन्द्र भाट ‘विपिन’ ले निभाएका छन् । भिडिओमा गीतको मर्मअनुसार गायकलाई मात्र प्रस्तुत गरिएको छ । ‘जीवनको रेल छुटेर जाँदा थाहा नै भएन, सपना सबै टुटेर जाँदा थाहा नै भएन l गर्नलाई त कल्पना सुन्दर गरेकै थिएँ नि, यस्तरी भाग्य फुटेर जाँदा थाहा नै भएन l’ सानातिना क्षणिक खुशी र आवेगमा रमाउँदा जीवनले अर्कै मोड लिएर क्षतविक्षत भएपछि मात्र थाहा भएको प्रसङ्ग गीतमा उल्लेख गरिएको छ । जब जीवनमा हरेक सुख र खुशीहरु लुटिन्छन् त्यतिबेला मान्छे शून्य जस्तै हुन्छ । न उसलाई कसैको भर नै हुन्छ न त डर नै ।

गीतमा जानेर या कसैको लहैलहैमा गरेका गल्ति र त्यसले पार्ने दीर्घकालिन असरलाई सरल तरिकाले पस्किएको छ । विशेषगरि मुक्तक लेखनमा हात हालेका दीपेन्द्रका मनमोहक पोखर, चुलबुल चुलबुल प्यारी भाञ्जी, नेपालकी छोरी लगायातका गीतहरु यस अगाडि न‌ै नेपाली गीत सङ्गीतको बजारमा आईसकेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...