चर्चित गायक एबं सर्जक जेबी ओलीको नयाँ गीत “लाल्टिनै बालेर” चर्चामा (भिडियो सहित)

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा चर्चित गायक एबं सर्जक जेबी ओलीको नयाँ गीत “लाल्टिनै बालेर” केही दिन अघी सार्वजनिक भएको छ ।

 

लोक संगितको एक ठुलो नाम हो जेबि ओलि । एउटा स्थापित नाम बनाउनलाइ त्यति सहज पक्कै पनि हुदैन त्यो पनि परदेशी भुमिमा रहेर । परदेशी भुमिमा रहेर सांगितिक यात्रालाइ निरन्तरता दिनु आफैमा एक चुनौतिपुर्ण कार्य हो । दैनिक लामो डिउटि गरेर आएर सृजना गर्न सहज पक्कै छैन तर संगितको नशा लागे पछि सबै बिर्सिन्छ भन्ने एक उदाहरण हुन् जेबि ओलि ।

 

 

पोर्चुगललाइ कर्म भुमि बनाउदै आएका ओलिको केहि दिन अघि मात्र “लाल्टिनै बालेर” बोलको गीत बजारमा आएको छ । जेबि ओलिकै लय शब्दमा रहेको उक्त गीतमा जेबि ओलि र राधिका हमालको आवाज रहेको छ भने गीतलाइ खेम राज गौतमले एरेन्ज गरेका छन । जेबि ओलिका पछिल्लो पटक बजारमा आएका तिम्लाइ कस्तो लाग्छ , राजा मार्ने देश , मुना मदन लगायत का दर्जनौ गीत चर्चित छन ।

 

गीतलाइ पछिल्लो समयका चर्चित तथा सबैको पहिलो रोजाइ मा पर्नि निर्देशक खेमराज गौतमको निर्देशन रहेको छ । आफुलाइ एक अब्बल निर्देशकको रुपमा स्थापित गरेका गौतमको निर्देशनले अझ अर्थपुर्ण बनाएको छ । गीतमा शेर बहादुर क्षेत्री , लेखिना राइ, तिलक शाहि ठकुरि , संगिता खातिलाइ मुख्य भुमिकामा देख्न सकिन्छ ।

 

 

छोटो कुराकानिमा जेबिले गीतमा आफुहरुले सकेको मेहनत गरेको कारण गीत दर्शकको रोजाइमा पर्नेमा आफु बिश्वस्त रहेको बताए। गीतलाइ जेबि ओलि युटुब च्यानल मार्फत बजार ब्यवस्थापन गरिएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...