स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न गगन थापाको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन गरिएको प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर थापाले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।

देउवाले यो विषयलाई गम्भीरताका साथ लिएको थापाले बताए । साथै तत्काल पहलकदमी लिइ ठोस निर्णय लिने कुराको विश्वास समेत दिलाएको उनले बताए ।  वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न  ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका थापाको भनाइ छ ।

बुधबार विहान ट्वीटरमा उनले लेखेका छन्, ‘एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम त छ नै संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य छन्।’

स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो लहरबारे बताइरहँदा अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढ्ने थापाले बताए । ‘स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ । तर, विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर,’ थापाले लेखेका छन्  ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०९:३८

काठमाडौं । कला र गलाको सम्मानको लागी सारेगम स्टुडियोको आयोजनामा...

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:३४

काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका...

बिमलराज क्षेत्रीको नयाँ गीत “बैंक भरी धन” टिकटक तिर छाउदै (भिडियो सहित)

बिमलराज क्षेत्रीको नयाँ गीत “बैंक भरी धन” टिकटक तिर छाउदै (भिडियो सहित)

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०८:३४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

यानीमाया रोधी क्लवले १२ औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गर्न सफल

यानीमाया रोधी क्लवले १२ औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गर्न सफल

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:५४

काठमाडौं । नेपाली कला र संस्कृतीको संरक्षण र सम्बद्र्धन गर्ने...

गायक विजय घिमिरे ( भिजे ) र जे अथर को नयाँ गीत “किच किच” सार्वजनिक

गायक विजय घिमिरे ( भिजे ) र जे अथर को नयाँ गीत “किच किच” सार्वजनिक

वि.सं.२०८१ वैशाख २३ आइतवार ०४:३१

काठमाडौं । गायक विजय घिमिरे ( भिजे ) र जे...

“राष्ट्रिय महिला मादल वादन प्रतियोगीता २०८१” यही बैशाख २७ गते राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा भब्य रुपमा सम्पन्न हुँदै

“राष्ट्रिय महिला मादल वादन प्रतियोगीता २०८१” यही बैशाख २७ गते राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा भब्य रुपमा सम्पन्न हुँदै

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१९

काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका...