नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक बूढानीलकण्ठमा जारी

नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक जारी छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दोस्रो दिनको बैठक चलिरहेको हो । शुक्रबार मध्यान्ह १२ बजेबाट सुरु भएको बैठकमा केन्द्रिय सदस्यले धारणा राखिरहेको केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बताए ।

बिहीबारको बैठकमा प्रस्तुत अन्तर पार्टी समायोजन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन र निर्वाचन निर्देशिका माथि छलफल भइरहेको छ । महाधिवेशनको नयाँ कार्यतालिका बैठकमा पेस नगरेको भन्दै केन्द्रीय सदस्यले विरोध जनाएका छन् ।

महाधिवेशनको कार्यपालिकामाथि छलफल गर्नुपर्नेमा अनौपचारिक जस्तो ढंगले बैठक सुरु गरेको उनीहरुले विरोध जनाएका हुन् । भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी ल्याइएको महाधिवेशनको कार्यतालिका प्रभावित भइसके पनि नयाँ कार्यतालिका बैठकमा पेस गरिएको छैन । महाधिवेशन सार्ने विषयमा सहमति भएपनि कहिले सार्ने भन्नेमा मतभेद देखिएपछि काँग्रेस केन्द्रीय समितिमा खुल्ला छलफल भइरहेको छ ।

संस्थापन पक्ष भदौमै वडा अधिवेशन गरेर महाधिवेशनका लागि केही समय लिने पक्षमा देखिएको छ। छठपछि महाधिवेशन भए आफ्ना लागि अनुकूल हुने संस्थापन पक्षको बुझाइ छ। भदौमा वडा अधिवेशन गरेर केही समय लिँदै छठपछि महाधिवेशनका लागि जोड दिने संस्थापन पक्षको रणनीति देखिन्छ। वरिष्ठ नेता रामचन्द्र पौडेल भदौमै वडा अधिवेशन गरेर असोजको दोस्रो साता (दसैं) सम्म महाधिवेशन गरिसक्नुपर्ने पक्षमा छन् ।

दसैँ अघि नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने उनेका भनाइ छ । देउवा र पौडेल नयाँ कार्यतालिकाका सन्दर्भमा सहमति नभएपछि केन्द्रीय सदस्यको राय समेटेर कार्यतालिका ल्याउने काँग्रेसको तयारी छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...