नेपाली काँग्रेस केन्द्रीय कमिटीको “१४ औं महाधिवेशन” को निर्वाचन निर्देशिका पारित

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कमिटीको उठेको सुझावलाई समेट्ने गरी १४ औं महाधिवेशनको निर्वाचन निर्देशिका पारित गरेको छ ।​ शनिबार बसेको केन्द्रीय समिति बैठकले सबै तहको अधिवेशन र प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्था समेतको निर्वाचन निर्देशिकामा बैठकबाट प्राप्त सुझावलाई समेटेर सहमतिमा टुङ्गो लगाउन लगाई भदौ १ को समय दिइएको हो ।

बैठकले निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा। प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई भदौ १ गते सहमतिमा टुङ्गो लगाइ भदौ २ गतेभित्र सभापतिलाई बुझाउन भनेको छ । उक्त निर्देशिकामा पार्टीको १४ औं महाधिवेशनका लागि गाउँ÷नगर÷उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने व्यवस्था गरिएको छ ।

यस्तै सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका सन्दर्भमा विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरुले निर्वाचित गर्ने भनी उल्लेखित गरिएका पदहरुको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने व्यवस्था गरिएको छ ।

यस्तै काँग्रेसले विधानको धारा ८ (१०) (क) र धारा ९ (१०) (ख) मा उल्लेखित व्यवस्था संशोधन गरेको छ । गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण काँग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशन र नगर र उपमहानगर र महानगरपालिका क्षेत्र भित्रका काँग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य हुने भनिएको थियो ।

त्यसलाई संशोधन गरी गाउँपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने निर्णय भएको छ । विधानमा गरिएका उक्त संशोधन पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिनेछ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:४९

काठमाडौं । "१३ औं म्युजिक खबर म्युजिक अवार्ड - २०८२"...

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:३४

काठमाडौं। सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा...

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...