गिनिज वर्ल्ड रेकर्ड पाउने दर्जन बढीलाई राष्ट्रपतिद्वारा बधाई

काठमाडौं । विश्वको‌ सबैभन्दा उचाइमा रहेको‌ तिलिचो ताल भन्दा केही माथि ५ हजार १ सय ५ मीटर अर्थात् १६ हजार ७ सय ४८ फिट २ इन्चको उचाइमा लाइभ बाजाका साथ सागर अधिकारी ‘शरद’ को प्रत्यक्ष गायन (LIVE SINGING) ले GUINNESS WORLD RECORD राख्न सफल भएको छ ।

 

जसमा विश्व कीर्तिमानी गीतकार डा.डी.आर.उपाध्यायको शव्दरचना, सन्तोष श्रेष्ठको सङ्गीत र सागर अधिकारी ‘शरद’ को एकल गायन रहेको‌ थियो l लाइभ गायन हुँदै गर्दा त्यसको भिडिओ समेत छायाङ्कन गरिएको थियो l प्रसिद्ध युवा निर्देशक माइकल चन्दको निर्देशनमा छायाङ्कन भएको सो भिडिओमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय, उत्सव दाहालको छायाङ्कन र सिलन लम्सालको सम्पादन रहेको छ l राष्ट्रपति कार्यालय शितल निवासमा हालै आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्ल्ड रेकर्डमा संलग्न सबैलाई बधाई तथा शुभकामना दिएका थिए l गीतकार डा. उपाध्याय सहित गिनिज वर्ल्ड रेकर्ड प्राप्त गरेका सो लाइभ प्रस्तुति एवं म्युजिक भिडिओसँग सम्बन्धित लगभग डेढ दर्जन सर्जक/कलाकारहरुलाई राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना दिएका छन् l

 

हालसम्मकै सबैभन्दा उचाईमा लाइभ प्रस्तुति दिने गायक सागर अधिकारी ‘शरद’ करिव २ दशकदेखि गायन तथा सङ्गीतमा निरन्तर लागिरहेका छन् l अधिकारीले शाश्त्रीय सङ्गीतमा गायनतर्फ स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका छन् । २०५७ सालमा डा.गोविन्द आचार्यको सङ्गीत र सञ्जना रजौरे/यशोदा न्यौपानेको शव्दमा उनको पहिलो आधुनिक गीत रेकर्ड भए पश्चात निरन्तर सङ्गीत र गायनको समानान्तर यात्रा गरिरहेका अधिकारीले आधुनिक, गजल, पप, भजन आदि गरी हालसम्म २ सय ५० भन्दा बढी गीतमा सङ्गीत तथा गायन गरेका छन् l

 

२०६९ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक गायनमा दोस्रो भएका सागरले २०७० सालमा रापती समाज काठमाण्डौद्वारा आयोजित पहिलो राष्ट्रव्यापी गायनमा प्रथम स्थान हासिल गरेका थिए l यसका अलावा उनी अन्य थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार/सम्मानहरु समेत प्राप्त गर्न सफल भएका छन् l सयौं गीत र करिव डेढ दर्जन उपन्यास लेखन लगायत विभिन्न विधामा १ सय ३३ विश्व रेकर्ड राखी विश्व रेकर्डमा दशौं स्थानभित्र पर्न सफल कीर्तिमानी सर्जक डा.डी.आर उपाध्यायसँग जोडिएर सागरले America book of records, world book of records UNITED KINGDOM, European Records book,GUINNESS WORLD RECORDS आदि गरी २ दर्जन बढी विश्व रेकर्ड राखिसकेका छन् l

 

अधिकारीले तिलिचो तालसम्म पुग्न अत्यन्तै कठिन यात्रा पार गर्नुपर्ने र त्यहाँ पुगेर प्रत्यक्ष गायन अझै धेरै कठिन भएको अनुभव सुनाउँदै सहकार्यमा जोडिएका सम्पूर्णमा आभार व्यक्त गरेका छन् l उनले यस ऐतिहासिक कार्यका नायक डा.डी.आर उपाध्यायप्रति पनि हृदयदेखि कृतज्ञता प्रकट गरेका छन् l

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

वि.सं.२०८३ जेठ १० आइतवार १६:१२

काठमाडौं । रोल्पा जिल्लामा २०६० साल पौष ६ गते बुवा...

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

वि.सं.२०८३ जेठ ९ शनिवार ०५:२३

काठमाडौं। लामो समयपछि चर्चित कलाकार जोडी प्रकाश सपुत र अञ्जली...

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०५:१९

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना सहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना सहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

वि.सं.२०८३ जेठ ६ बुधवार १२:५४

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठित 'संविधान संशोधन सुझाव...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

वि.सं.२०८३ जेठ ३ आइतवार १३:५६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

वि.सं.२०८३ जेठ ३ आइतवार १३:२६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...