सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो “१८औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन” भव्य रूपमा सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ। “सबैको विश्वास, सबैको भर; राप्तीवासीको साझा घर” भन्ने नाराका साथ आयोजित कार्यक्रममा सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

 

नवगठित कार्यसमितिमा अध्यक्ष गोविन्द मधुर आचार्य सँगै वरिष्ठ उपाध्यक्षमा एकराज भण्डारी, उपाध्यक्षहरूमा मोहनलाल डांगी र माधवी रेग्मी, महासचिवमा गायत्रा कुमारी विसी, सचिवमा सिर्जु अधिकारी, कोषाध्यक्षमा सोनि पाण्डे थापा, र सह-कोषाध्यक्षमा वेदप्रसाद भट्टराई रहेका छन्। त्यसैगरी सदस्यहरूमा देवराज आचार्य, प्रेमराज लामिछाने, लोकबहादुर रसाइली, बिमला पौडेल, रिता केसी, मीना बस्नेत, पूर्णबहादुर पुरी, बिमला भुसाल, सरस्वती देवकोटा, सुमित्रा पाण्डे रहेका छन् । बाँकी सदस्यहरुलाई बिधान सम्मत नियुक्त गरिने निर्वाचन मण्डलले जनाएको छ ।

 

अधिवेशन कार्यक्रममा समाजका पुर्व अध्यक्ष एवं सल्लाहकार त्रय गोपाल बस्नेत, सन्तोष श्रेष्ठ र शशि शर्मा मजगैयाँले निर्वाचन मन्डलको नेतृत्व गर्नुभएको थियो । मन्डलका सम्योजक गोपाल बस्नेतले नयाँ समिति निष्पक्ष र समावेशी गरिएको चर्चा गर्नुभयो । यसैबीच चर्चित सङ्गीतकार समेत रहनुभएका सन्तोष श्रेष्ठले रापती समाज गीत र साहित्यमा अग्रपंक्तिमा रहेकोे बताउँदै यस्ता खाले कार्यक्रमलाई अझै जोड दिन आग्रह गर्नुभयो ।

 

समाजले रापती क्षेत्रको कला, साहित्य, संगीत, संस्कृति, पर्यटन, र सामाजिक उत्थानमा अझ सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रमको एक विशेष खण्डमा लोकसेवा आयोगबाट नयाँ अधिकृत बनेका युवा प्रतिभाहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा तुलसीपुर-६ की ललिता कँडेल, तुलसीपुर-९ की पार्वती भण्डारी, तुलसीपुर-६ का सुन्दरकुमार बुढाथोकी, तुलसीपुर-९ का जोखिम वली, बबई-४ की बिमला भण्डारी, र लमही-१ का विजय पौडेल रहेका छन्। समाजले उनीहरूको सफलता र योगदानको उच्च मूल्यांकन गर्दै बधाई र शुभकामना व्यक्त गरेको थियो। यसका साथै आजिवन तथा एसोसिएट सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि संविधानविद तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले समाजको सफलता प्रति प्रशंसा गर्दै यसले सामाजिक र सांस्कृतिक गतिविधिहरूमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “राप्ती समाज काठमाडौंले कला, साहित्य र समाज सेवामा पुर्‍याएको योगदान अनुकरणीय छ। यसले राप्ती क्षेत्रको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको छ।”

 

कार्यक्रममा संविधानविद् डा. भीमार्जुन आचार्यले समाजले राप्ती क्षेत्रको समग्र विकासमा अझ गहन रूपमा क्रियाशील हुने अपेक्षा व्यक्त गर्दै भन्नुभयो, “समाजले कला, संस्कृति र सामाजिक सेवाका क्षेत्रमा आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ। अबका दिनमा यसलाई थप विस्तार गर्नुपर्छ।”

 

यसैबीच अधिवक्ता समेत रहेका रापती समाजका पुर्व अध्यक्ष एवं सल्लाहकार तथा गीतकार शशि शर्मा मजगैयाँले रापती समाज काठमाडौंको ऐतिहासिक पृष्ठभूमिलाई स्मरण गर्दै यसले गरेको महत्वपूर्ण योगदानको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “समाजको प्रारम्भिक चरण कठिनाइ र चुनौतीले भरिएको थियो। आर्थिक अभावका बीच पनि हामीले समाजलाई अगाडि बढाउन सबैले गरेको अथक प्रयासले आजको यो सफल अवस्थासम्म ल्याएको छ।” उहाँले थप्नुभयो, “समाजले आफ्नो उद्देश्यलाई कहिल्यै भुल्नुभएन। सांस्कृतिक, साहित्यिक, र सामाजिक क्षेत्रमा यसले पु¥याएको योगदान अनुकरणीय छ। अबका दिनमा पनि नयाँ नेतृत्वले यसलाई गतिशील बनाउँदै राप्ती क्षेत्रको कला, संस्कृति, र सामुदायिक विकासका लागि थप ठोस काम गर्नुपर्छ।”

 

कार्यक्रममा पोल्यान्डबाट व्यवसायी हरिस लवनी र अमृता लवनीको उपस्थिति रहेको थियो। उहाँहरूले समाजको क्रियाकलापको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय रूपमा पनि यसलाई प्रवर्द्धन गर्नुपर्ने सुझाव दिनुभयो। कार्यक्रममाराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माले समाजको सांस्कृतिक गतिविधिहरूको प्रशंसा गर्दै भन्नुभयो, “राप्ती समाजले गरेको सांस्कृतिक र साहित्यिक योगदानले राष्ट्रिय स्तरमा उदाहरण प्रस्तुत गरेको छ। यसको निरन्तरता हुनुपर्छ।”

 

कार्यक्रममा संस्थापक अध्यक्ष मित्रलाल पार्धेले पोल्यान्डबाट शुभकामना सन्देश पठाउँदै भन्नुभयो, “राप्ती समाजले जुन ऊर्जा र समर्पणका साथ काम गरिरहेको छ, त्यसले राप्ती क्षेत्रको उज्ज्वल भविष्य निर्माण गर्न ठूलो भूमिका खेल्नेछ।” यसैबीच नयाँ कार्यसमितिले राप्ती क्षेत्रको कला, संस्कृति, पर्यटन, र समाज सेवाका क्षेत्रहरूमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अध्यक्ष गोविन्द मधुर आचार्यले भन्नुभयो, “हामी सबैको विश्वास र सहकार्यबाट राप्ती समाजलाई अझ सशक्त बनाउँदै यसको पहिचानलाई नयाँ उचाइमा पुर्‍याउनेछौं।”

 

कार्यक्रममा निवर्तमान अध्यक्ष सिमा पुरीले आफ्नो कार्यकालका उपलब्धिहरू स्मरण गर्दै सबैलाई धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो, “राप्ती समाजलाई यो स्थानसम्म पुर्‍याउन सबै सदस्यको निरन्तर सहयोग र योगदान प्रमुख रहेको छ। हामीले समाजको विकासका लागि थुप्रै चुनौतीहरूको सामना गर्दै अगाडि बढ्यौं, र आजको यो सफल अवस्था तपाईँहरूको योगदानकै प्रतिफल हो।”
उहाँले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै भन्नुभयो, “नयाँ नेतृत्वले समाजलाई अझ सशक्त र प्रभावकारी बनाउँदै अगाडि लैजानेछ भन्नेमा म विश्वस्त छु।”

 

त्यसैगरी, निवर्तमान महासचिव एकराज भण्डारीले पनि आफ्नो कार्यकालका अनुभवहरू सेयर गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भन्नुभयो, “मेरो कार्यकालमा समाजले गरेका कामहरूमा सबैको सहकार्य र विश्वासले ठूलो ऊर्जा थपेको छ। हाम्रो सफलताको मूल आधार भनेकै एकता र लगनशीलता हो।” उहाँले थप्नुभयो, “नयाँ नेतृत्वले यसभन्दा अझ सशक्त रूपमा राप्ती क्षेत्रको हितका लागि काम गर्न म विश्वास गर्छु। समाजलाई थप गतिशील बनाउनको लागि मेरो निरन्तर समर्थन रहनेछ। “कार्यक्रमको समापनमा “सबैको विश्वास, सबैको भर; राप्तीवासीको साझा घर” नाराले कार्यक्रमको भावनालाई झल्काएको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...