“आकाशैको जुन” मार्फत गायिका मिना लामाका आमा छोरी संगै देखिए, छोरी भन्दा आमा तरुनी देखिएसी यस्तो समेत भयो

काठमाडौं। आफ्ना जीवनका उर्जाशील समय नेपाली गीत संगीतलाई नै समर्पित गरेकी गायिका मिना लामाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा मौलिक सालैजो गीत “आकाशको जुन” सार्वजनिक गरेकी छिन् । उनको यस भन्दा पहिले पनि थुप्रै गीत बजारमा आइसकेका छन् । मौलिक पनमा रमाउन चाहने गायिका मिनाको स्थायी घर धादिङ्ग हो ।

अहिले उनि काठमाण्डौमा रहँदै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र श्रीवृद्धिका निमित जुटीरहेकी छिन् । विवाहित मीनाको एक छोरी छिन् । उनले यसपालिको गीतमा आफ्नी छोरीलाई पनि कला क्षेत्रमा उतार्ने प्रयास गरेकी छिन् ।

“आकाशको जुन” बोलको गीतमा सागर गुरुङ र मिना लामाको सुमधुर स्वर सुन्न सकिन्छ । सागर गुरुङ कै लय तथा शब्दद्वारा सजिएको यस गीतको म्युजिक भिडियोमा गायिका मिना लामा कै छोरी सबु तामाङ्गले अभिनय गरेकी छिन् । सबुको कला हेर्दा उनि यस क्षेत्रका लागि निकै राम्रो सम्भावना बोकेकी मोडलको रुपमा अड्कल काट्न सकिन्छ ।

मिना सुपुत्री सबु संगै यस गीतको म्युजिक भिडियोमा बिजय पुनको पनि आकर्षक अभिनय देख्न सकिन्छ । जेरी भण्डारीको निर्देशनमा तयार भएको गीतलाई नवराज उप्रेतीले खिचेका हुन् भने सम्पादन सुजन कोइरालाले गरेका हुन् । गीतलाई गायिका मिना लामा कै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...