राष्ट्रिय सिर्जनशिल समाजद्वारा सुरुवात भएको प्रारम्भिक भेलामा विविध क्षेत्रमा बौद्धिक तथा जेष्ठ नागरिकहरुको सहभागिता

काठमाडौं। राजधानी काठमाडौंको नयाँ वसपार्क स्थित वालाजु वाइपासवाट उत्तरी क्षेत्रमा रहेको तारकेश्वर नगरपालिकास्थित वार्ड नं-८, जरखुमा स्थित रमाइलो पाठशालाको सभा हलमा मिति २०८१ वैशाख १८ विहान ११ बजेबाट राष्ट्रिय सिर्जनशिल समाजद्वारा सुरुवात भएको प्रारम्भिक भेलामा विविध क्षेत्रमा बौद्धिक तथा जेष्ठ नागरिकहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

 

सो कार्यक्रमलाई उद्घाटन गर्नु अघि आ-आफ्नो स्वानवाट सबै महानुभावहरुले उठेर एकैसाथ राष्ट्रिय गानमा समावेश भई कार्यक्रमलाई रौनकता प्रदान गर्नु भएको थियो। यसै अवसरमा सभाहलमा पाल्नुभएका विविध व्यक्तित्वहरुलाई ग्रामीण आदर्श वहुमुखी क्याम्पसमा कार्यरत मथुरा भट्टराईद्वारा स्वागत मन्तव्य वाचन गरेर सवैलाई स्वागत गर्नुभएको थियो।

 

सोही अवसरमा कार्यक्रमलाई औपचारिकता प्रदान गर्नका लागि उत्तरी भेगीय प्राध्यापक क्षेत्रमा चार दशक विताइ सामाजिक क्षेत्रमा निरन्तर लागिरहनु हुने अग्रज तथा जेष्ठ नागरिकका रुपमा रहनु भएका तानपा-३ (जितपुरफेदी) का श्री रामभक्त सिग्देलज्यूको संयोजकत्वमा दियोमा दिपप्रज्वलन गरि अध्यारोलाई हटाई उज्यालो तर्फ सवै अग्रसर रहनु पर्ने संकेत बाँडदै कार्यक्रम शुभारम्भ गरिएको थियो ।

 

यसै अवसरमा समाज सेवी युवा तथा पेशागत रुपमा शिक्षक रहनुभएका कार्यक्रम संचालक (उद्घोषक) तानपा-१ का श्री प्रकाश ढकालद्वारा डिले भएतापनि सम्पूर्ण व्यक्तित्वहरुलाई नयाँ वर्षको शुभकामना मन्तव्य प्रदान गर्नुभएको थियो । संस्था स्थापनार्थ अग्रडी भूमिका निर्वाह गर्नुहुने तानपा-३ स्थित श्री मोहन अर्यालद्वारा विधानको उद्देश्य र औचित्यको बारेमा प्रकाश पार्नुभएको थियो। विभिन्न संघ संस्थामा कार्य गर्दै आउनुभएका युवा समाज सेवी तथा विद्यार्थी श्री ज्ञानहरी ढकालद्वारा विधानको प्रस्तावना र उद्देश्य वाचन गरेर प्रस्तुत गर्नु भएको थियो। विधान वाचन गर्नु अगावै संस्थामा उपस्थिति रहनु भएका स्वयंसेवकद्वारा विधान सबैजनालाई १/१ प्रति प्रदान गरिएको थियो र यस विधानलाई सवैजनाले आफुलाई लागेको कुरा विधान कपिमै सच्याई केही व्यक्तिहरुद्वारा विधानको बारेमा थोरैमा ३ मिनेटमा मन्त्रयहरु राख्नु भएको थियो ।

 

सो मन्तव्य तथा जिज्ञासा र सुझाहरुलाई टिपोट गर्ने क्रममा यसै संस्थाका युवा तथा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका तानपा-३ स्थित श्री श्याम देवकोटाद्वारा सुझाव र जिज्ञासाहरुलाई एकत्रित रुपमा संकलन गरियो । यसै अवसरमा सभाहलमा उपस्थिति हुनुभएका व्यक्तित्वद्वारा कार्य समितिको लागि तदर्थ समित गठन गर्ने राय प्रस्तुत भएको सो रायलाई मध्यनजर गर्दै सभाहलमा उपस्थित भई एक आपसमा सल्लाह गर्दैजाँदा १३ सदस्यीय तदर्थ समितिको चयन गर्ने निर्णय गरियो।

 

तदर्थ समिति चयन गर्ने छलफलकै शिलशिलामा संस्थामा सक्रिय भई लागिरहनुहुने युवा तथा जुझारु वक्ता जलवायु विज्ञान तथा पर्यावरण मन्त्रालयका विशेषज्ञ तानपा-३ स्थित श्री मिन कुमार अर्यालद्वारा माइन्यूटलाई विशेष रुपमा तयार गरियो । तदर्थ समिति गठन गर्ने शिलशिलामा सभाहलमा उपस्थित महानुभावहरुद्वारा छलफल गर्दा ११ सदस्यी समिति गठन गर्ने निर्णय गरियो।

 

सो निर्णय अनुसार विभिन्न व्यक्तिहरुलाई निम्न लिखित पदमा निर्विरोध चयन गरियो (१) अध्यक्ष मोहन कृष्ण अर्याल, (२) उपाध्यक्ष अनिल भण्डारी, (२) सचिव प्रकाश ढकाल, (४) कोषाध्यक्ष ज्ञानहरी ढकाल, (५) सह-सचिवः मथुरा केसी भट्टराई र सदस्यहरुमा क्रमशः मिन कुमार अर्याल, किरण फुयाँल, उर्मिला थापा, श्याम कृष्ण कोइराला, श्याम कुमार देवकोटा, अर्जुन धिताल र भेषराज डकाल गरी ११ सदस्यीय समिति गठन गरियो ।

 

निर्विरोध निर्वाचित सदस्यहरुलाई यस कार्यक्रमका संयोजक श्री रामभक्त सिग्देल, डा. घनश्याम पुडासैनी र भूपू गाविस अध्यक्ष विष्णुप्रसाद अर्यालद्वारा रुद्राक्षको माला र अविरद्वारा सबै पदाधिकारीहरुलाई सम्मान तथा बधाई ज्ञापन गर्नु भएको थियो। यसै अवसरमा सोही समयमा सल्लाहकार समितिको पनि चयन गर्ने निर्णयका साथ पाँच सदस्यीय सल्लाहकार समितिको चवन गरियो। सल्लाहकार सदस्यमा क्रमशः डा. घनश्याम पुडासैनी संयोजक र सदस्यहरुमा क्रमशः विष्णु प्रसाद अर्याल, रामभक्त सिग्देल, सरीता ढकाल र श्याम प्रसाद रिजाल सहितको विधिवत रुपमा सल्लाहकार समिति गठन गरियो ।

 

 

यसै कार्यक्रममा उपस्थिति रहनु भएको सम्पूर्ण व्यक्तित्वहरुलाई कार्यक्रमको विचको समयमा चियापानको व्यवस्थाको साथै कार्यक्रम समापन अगावै खाजाको व्यवस्था गर्नुहुने तानपा-२ का युवा तथा सक्रिय सदस्य श्री किरण फुयाँलको व्यवस्थापन अति सुन्दर तरिकाद्वारा व्यवस्था मिलाउनु भएको थियो ।

 

कार्यक्रमलाई वैचारिक रुपमा समापन गर्नका लागि संयोजक रामभक्त सिग्देलद्वारा नया समितिलाई बधाई दिदै आउने दिनहरुमा समाजमा सकारात्मक कार्य गर्न उत्प्रेरणार हौसलाका साथै यस संस्थालाई फलाउने फुलाउने र समाजमा युवाहरुको सहभागिता वृद्धिका लागि स्वयं म आफै पनि अग्रसर रहने प्रतिवद्धता जाहेर गर्नुभयो। साथै कार्यक्रम संचालनका लागि निःशुल्क रुपमा हल तथा भवन उपलब्ध गराइदिने तानपा-८ स्थित रमाइलो पाठशालालाई धेरै धेरै धन्यवाद दिदै यस हल उपलव्धमा सहयोग गर्नुहुने यसै संस्थाका उपाध्यक्ष अनिल भण्डारीलाई बधाइ ज्ञापन गर्दै कार्यक्रमलाई विधिवत रुपमा सम्पन्न गरिएको थियो। अन्त्यमा सबै जना मिली फोटो सेसन गरिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:४९

काठमाडौं । "१३ औं म्युजिक खबर म्युजिक अवार्ड - २०८२"...

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:३४

काठमाडौं। सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा...

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...