नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको सूचना अधिकारीमा नियुक्त भएका छन् । पत्रकार विक हाल शाखाका कार्यसमितिका सदस्य समेत रहेका छन् । शाखाका सचिव रमेश कुमार बोहोराले उनलाई सूचना अधिकारीमा नियुक्त गरेको जानकारी दिएको छ ।

महासंघको आन्तरिक सूचना व्यवस्थापन तथा प्रचार–प्रसार सुदृढ गर्नका लागि विकलाई यो जिम्मेवारी दिइएको शाखाले जनाएको छ । पत्रकार विक एक अनुभवी अपराध बिटमा पत्रकारिता गर्दै आएका छन् । विकले लामो समयदेखि विभिन्न रेडियो, छापा तथा अनलाइन पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् ।

उनी ‘खप्तडटिभी’ का अध्यक्ष तथा प्रधान सम्पादक समेत रहेका छन् । विकले विगतमा अनुसन्धानमूलक पत्रकारितामार्फत सामाजिक विकृति, अपराध र सत्ता दुरुपयोगका विविध घटनाहरुलाई उजागर गर्दै आएका छन् । शाखाले विकलाई विश्वास व्यक्त गरेको छ कि विकको पत्रकारिता अनुभव र सक्रियताले महासंघको सूचना व्यवस्थापन थप प्रभावकारी र जनमुखी बन्नेछ ।

नयाँ जिम्मेवारी पाएकोमा विकले महासंघप्रति आभार प्रकट गर्दै पत्रकारहरूको हकहित र सूचना प्रवाहमा आफू पूर्ण रूपले समर्पित रहने बताएका छन् । यस निर्णयसँगै विकले शाखा र पत्रकारबीच सेतुको भूमिका निर्वाह गर्ने अपेक्षा गरेको शाखाका सचिव रमेश कुमार बोहोरा बताउँछन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...