चर्चित संगीतकार रामु खड्काको तीज कोसेली तथा यो सालको अन्तिम तीज गीतको रुपमा “बैंश खायो शहरैले” सार्वजनिक

वि.सं.२०८२ भदौ ८ आइतवार ११:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ।
सोही क्रममा चर्चित संगीतकार रामु खड्काको तीज कोसेली तथा यो सालको अन्तिम तीज गीत “रुपमा बैंश खायो शहरैले” सार्वजनिक भएको छ।
यस गीतमा चर्चित गायिका देबी घर्ती मगर, प्रशान्त भाट र रमेश स्नेहीको स्वर रहेको छ भने गीतमा टेकम पाण्डे (जिज्ञासु) को शब्द, रामु खड्काको संगीत रहेको छ।
गीतको भिडियोमा निशान बिकको निर्देशन, सुशिल डांगीको छायांकन तथा सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा गोबिन्द बिवश र पार्वती श्रेष्ठको अभिनय रहेको छ। यस गीतलाई रामु खड्काको च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

वि.सं.२०८२ भदौ ८ आइतवार ११:३५