अखिल नेपाल कराते महासंघको पहिलो केन्द्रीय सम्मेलन सम्पन्न

ललितपुर । नेकपा (माओवादी केन्द्र) को भातृ सङ्गठन अखिल नेपाल खेलकुद महासंघ अन्तर्गतको अखिल नेपाल कराते महासंघले आफ्नो पहिलो केन्द्रीय सम्मेलन सम्पन्न गरेको छ। सातै प्रदेश र चारै कराते विधाबाट प्रतिनिधित्व भएको सम्मेलन राजधानीमा भव्यतापूर्वक सम्पन्न भएको हो।

 

सम्मेलनका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य तथा महासंघका सह–अध्यक्ष जनक बर्तौलाले कराते खेलको संस्थागत सुदृढीकरण र राष्ट्रिय गौरवका लागि एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभयो। विशेष अतिथिमा महा संघका उपाध्यक्षहरु नवराज ढुंगाना(विश्वास ) गजेन्द्र खपाङ्गी ( ईस्वार), बागमती प्रदेश खेलकुद बिभाग प्रमुख ललित श्रेष्ठ (अभियान),र अतिथिहरुमा वाईसियल नेपाल केन्द्रिय उपमहासचिव धनकुमार मैनाली र कराते महासंघका बरिस्ठ उपाध्यक्ष हरिसरण केसीको उपस्थिति रहेको थियो।

 

सम्मेलनले हिक्मत थपलियालाई अध्यक्ष, गङ्गा श्रेष्ठ
बरिस्ठ उपाध्यक्षमा,ज्ञानबहादुर जिम्बालाई महासचिव तथा संघर्ष पहारीलाई कोषाध्यक्षसहित ५१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। नवगठित समितिले कराते खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उचाल्ने प्रतिबद्धता जनाएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्रधानमन्त्री सुशीला कार्की शुक्रबार राती शपथ ग्रहणपछि सरकारी निवासमा बस्दै

प्रधानमन्त्री सुशीला कार्की शुक्रबार राती शपथ ग्रहणपछि सरकारी निवासमा बस्दै

वि.सं.२०८२ भदौ २९ आइतवार ०७:५५

काठमाडौं। गत मंगलबारको आगजनीले बालुवाटार स्थित प्रधानमन्त्री निवास पनि जोगिन...

सरकारी संरचना जलाउनेहरुलाई नेपाली कसरी भन्ने: प्रधानमन्त्री सुशीला कार्की

सरकारी संरचना जलाउनेहरुलाई नेपाली कसरी भन्ने: प्रधानमन्त्री सुशीला कार्की

वि.सं.२०८२ भदौ २९ आइतवार ०७:४२

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबार, सर्वोच्च अदालत जस्ता मुलुकलाई अति...

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो, अझै बिबरण आउन बाँकी

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो, अझै बिबरण आउन बाँकी

वि.सं.२०८२ भदौ २९ आइतवार ०७:३०

काठमाडौं। जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।...

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल

वि.सं.२०८२ भदौ २८ शनिवार ०८:५८

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक...

काठमाडौंमा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय

काठमाडौंमा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय

वि.सं.२०८२ भदौ २८ शनिवार ०७:२४

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा लगाइएको कर्फ्यु र...

नव नियुक्त महिला प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्

नव नियुक्त महिला प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्

वि.सं.२०८२ भदौ २७ शुक्रवार १६:५०

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ...