चर्चित गायक एबं सफल ब्यवसायी राजन भुजेल बिश्वकर्मा र चर्चित गायिका पुर्णकला बिसीको स्वरमाको नयाँ गीत “बाछिटा” सार्वजनिक
वि.सं.२०८२ चैत ८ आइतवार ०६:५८
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित गायक एबं सफल ब्यवसायी राजन भुजेल बिश्वकर्माको नयाँ गीत “बाछिटा” केही दिन अघी सार्वजनिक भएको छ।
यस गीतमा राजन भुजेल बिश्वकर्मा र पुर्णकला बिसीको स्वर रहेको छ भने पुरुषोत्तम गैरेको शब्द, संगीत रहेको छ। सो गीतको भिडियोमा एकिन्द्र साराशंकरको कथा, निर्देशन रहेको छ भने रेशम दर्लामीको छायांकन, सुजन कोईरालाको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा एकिन्द्र साराशंकर र अस्मिता राना मगरको अभिनय रहेको छ। “बाछिटा” नामक गीतलाई राज भुजल बिश्वकर्मा कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ चैत ८ आइतवार ०६:५८












