गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक
वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४
काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलिरहेको छ। सोही क्रममा गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक भएको छ।
यस गीतमा अजिता बिश्वकर्मा र मिन प्रकाश ओलीको स्वर रहेको छ भने मिन प्रकाश ओली कै शब्द, संगीत रहेको छ। गीतको भिडियोमा मिन प्रकाश ओलीको कथा निर्देशन रहेको छ भने मरुभुमी नारायणको छायांकन, रोशन धितालको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा प्रतिक्षा पुरी र मिन प्रकाश ओलीको अभिनय रहेको छ। यस गीतलाई जानकी म्युजिकको युटुब च्यालनबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४















