राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन
वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०६
काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न भएको छ। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशनमा रमेश सेञ्चुरीको अध्यक्षता रहेको थियो भने राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रिय समितीका अध्यक्ष प्रकाश कटुवालको प्रमुख आतिथ्यता रहेको थियो।
अधिबेशनमा राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रिय समितीका उपाध्यक्ष जिवन परियार, राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङ, निर्वाचक संयोजक शंकर ढकाल लगायत कलाकार पत्रकारहरुको बिशेष उपस्थिती रहेको थियो। सो अधिबेशनमा पर्वते गायक एबं संगीतकार सुजन बराईलीले कार्यक्रम सञ्चालन गरेका थिए। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशनबाट गायक एबं सर्जक भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती गठन भएको छ।
उक्त अधिबेशनबाट अध्यक्षमा भिम बहादुर पौडेल निर्वाचित भएपछि सबैलाई धन्यबाद दिदै राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतलाई आगामी दिनमा चुस्त दुस्त रुपले अगाडी बढाउनुका साथै लोक संगीत र मौलिक कला संस्कृतीको जर्गेना गर्ने कार्यलाई जोड दिईने कुरा बताएका छन्। साथै केही हप्ता मै नव निर्वाचित कार्यसमितीको पहिलो बैठक बसी बिशेष छलफल गरिने कुरा नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिएका छन्।
वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०६















