प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक
वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३
काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा तीज गीतहरु आउनेक्रम जारी छ। हरितालिका तीजलाई मध्यनजर गर्दै गायक एबं संगीतकार प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक भएको छ।
यस गीतमा प्रदिप बराईली, सागर बिसी, सुरेश सुन्दास एस.के., ईन्द्र केसी, रामु बिसी, कबिता परियार, बसन्ती मगर, करिश्मा बिसी, दिलु बिसी आदीको स्वर रहेको छ भने अमरदिप बिसीको शब्द, प्रदिप बराईलीको संगीत रहेको छ।
गीतको भिडियोमा सुवास नेपालीको कथा तथा निर्देशन रहेको छ भने सारदा रोकाया र अमृत लोप्चनकोको कोरियोग्राफी, सन्देश गदालको छायांकन, सुवास गदालको सम्पादन, चेतन समतको रंग संयोजन रहेको छ।
उक्त गीतको भिडियोमा सञ्जय खड्का डिम्पल, प्रबेश श्रेष्ठ, पुनम दुरा, कुसुम तामाङको अभिनय तथा नृत्य रहेको छ। “रन्काईदेउ मादलु रिनिनी” नामक गीतलाई प्रदिप बराईलीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
“रन्काईदेउ मादलु रिनिनी” गीतमा प्रेमिल जोडीको कथालाई समेट्ने प्रयास गरेपनि मौलिकता झल्किएको पाईन्छ। गीतमा तडक भडक भने कही देखिदैन। गीतको अडियो र भिडियो पक्ष उत्कृष्ट बनेको छ।
सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३















