नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको पुष्टि

नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै दक्षिण अफ्रिकाबाट आएका दुई जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । ओमिक्रोन भेरियन्ट सङ्क्रमण भएको दुवैजनाले कोरोनाविरुद्धको खोप लगाएका थिए ।

नयाँ भेरियन्ट पुष्टि भएका देशहरू हुँदै ६६ वर्षीय विदेशी नागरिक मङ्सिर ३ गते नेपाल प्रवेश गर्दा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर, उनीसँगै सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई मङ्सिर ७ गते कोरोना सङ्क्रमणको लक्षण देखिएपछि परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको हो  ।

मङ्सिर १९ गते आइतबार जिन सिक्वेन्सिङ गर्दा उनीहरूमा नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । यस्तै उनीहरूको सम्पर्कमा आएका ६६ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा सबैको नतिजा नेगेटिभ रहेको स्वास्थ्य मन्त्रालयको भनाई छ । 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...