निर्माण व्यवसायी महासंघको उपमहासचिवमा बालाजु श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ वार्षिक साधारण सभा एवं महाधिवेशनबाट उपमहासचिव पदमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

मोफलसलमा निर्माण व्यवसायीको क्षेत्रमा संघर्षबाट माथी उठेका श्रेष्ठल उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुनु । उनी निर्माण व्यवसायीको क्षेत्रमा रुचि राख्ने नयाँ यूवा पुस्ताका लागि एक उदाहरणीय पात्र हुन् । उनको संघर्ष विगत १८ वर्ष अघिदेखि शुरु भएको हो । मोफसलमा सफल व्यवसायीको नाम लिँदा उनको नाम कतै हराउँदैन् ।

निर्माण व्यवसायी संघ प्यूठानको सदस्य, सचिवहुँदै महासचिव, सहित उनी महासंघको दुई कार्यकाल केन्द्रिय सदस्य भएर समेत काम गरिसकेका छन् । निर्माण व्यवसायीको क्षेत्रमा स्वच्छ छबी बनाएका श्रेष्ठले मोफसलबाट महासंघको पदाधिकारीमा नेतृत्वदायी भूमिका हुनुपर्ने दाबी गरेका छन् । उनी आँशु निर्माण सेवा प्यूठानका संचालक हुन् ।

सरकारी क्षेत्रका भवन, पुल, सडक निर्माणको क्षेत्रमा उनको क्रियाशिलता छ । सरकारसँग गरिएको सम्झौता अवधिभन्दा अघि नै निर्माणको काम पुरा गरेर उनले कैयौँ पुरस्कार र सम्मान पाएका छन् । ‘विगत १८ वर्षदेखि म निरन्तर निर्माण व्यवसायीको रुपमा सक्रिय छुँ’,उनी भन्छन्, ‘निर्माण व्यवसायीको क्षेत्रमा एउटा गाउँको कुनामा के समस्या छ, त्यो राम्रोसँग बुझेको छु । किनकी म गाउँबाटै यस क्षेत्रमा आएको हुँ । महासंघको नेतृत्वमा आएपछि गाउँमा संघर्ष गरेका व्यवसायीहरुको हितका लागि मैले आबाज उठाउने छु ।’

शुरुवाती क्षणदेखि नै आफूले संघर्ष गरेर सफल निर्माण व्यवसायीको पहिचान बनाउन सफल भएको स्मरण गर्दै ‘ग्रासरुट’ का व्यवसायीहरुको समस्यामा आफू समाधानको बाटो बन्ने सुनाए । उनले प्यूठान सहित रोल्पा र दाङमा निर्माणको काम गरेका छन् ।

हालसम्म उनले दर्जनौ पक्की पुल, भवन, सिंचाई कुलो, सडक र नदी नियन्त्रणको काम गरेका छन् । आर्थिक अनुशासन, प्रभावकारी व्यवस्थापन, इमान्दारीता, आर्थिक लगानी र दैनिक कार्ययोजना बनाएर काम गर्ने उनको सकरात्मक अभ्यास हो । प्यूठानको सरुमारानी गाउँपालिकास्थित बांगेशाल स्वास्थ्यचौकी सम्झौता भन्दा पाँच महिना अघि नै निर्माण सम्पन्न गरेको भन्दै भवन डिभिजन कार्यालय दाङले उनलाई ११ लाख ५० हजार नगद सहित सम्मान गरेको थियो ।

उनको व्यवसायिक फर्म ‘ख’ बर्गको इजाजत प्राप्त हो । श्रेष्ठले बुवाले गर्दै आएको पेशालाई निरन्तरता दिएका हुन् । बुवाकै प्रेरणाले उनी सफलताको चुलीमा पुगेको बताउँ छन् । निर्माण व्यवसायीका नीजि कम्पनीहरु अब पब्लिक कम्पनी हुनुपर्छ भन्नेमा उनको जोड छ ।

हरेक निर्माण क्षेत्रमा जनताको पनि सहभागीता हुनुपर्छ, तब मात्र दिगो विकास हुन्छ भन्ने श्रेष्ठको भनाई हो । राष्ट्र निर्माणमा जनताको सहभागीता अनिवार्य हुनुपर्ने, निर्माण क्षेत्रमा अस्वच्छ प्रतिस्पर्धा निरुत्साहित हुनुपर्ने र यसलाई राज्यले नियन्त्रण गर्नुपर्ने उनको एजेण्डा हो । कम मूल्यमा टेण्डर गर्ने प्रचलनलाई निरुत्साहित गर्ने अठोट उनले लिएका छन् ।

उनीसँगको प्रतिस्पर्धामा नरहरी थपलिया छन् । यसैगरी उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे, मंगल शाही र अशोक केसी प्रतिस्पर्धामा छन् । महासंघको २३औँ साधारणसभा तथा १२औँ अधिवेशन २७ (आज) फागुनदेखि सुरु हुँदै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने अधिवेशनमा करिब १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षकको सहभागिता रहने महासंघले जनाएको छ । अधिवेशनले तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । साधारणसभामा सार्वजनिक खरिद नियमावलीको ११ औँ संशोधन र व्यवसायीहरूका अन्य मागहरु छलफल भई काठमाडौँ घोषणापत्र जारी गर्ने कार्यक्रम छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...