रवि कार्कीको नयाँ लोक दोहोरी गीत “साईली सलक्कै” सार्वजनिक

म्याग्देली लोक तथा दोहोरी गायक एबं हास्य कलाकार रवि कार्कीको नयाँ लोक दोहोरी गीत “साईली सलक्कै” सार्वजनिक भएको छ ।

म्याग्देली गायक रबी कार्की र पछिल्लो समयकी चर्चित लोक दोहोरी गायीका शान्तिश्री परियारको सुमधुर स्वरमा रहेको गीतको म्युजिक एरेन्ज आशिष अविरलले गरेका हुन् ।

पछिल्लो समयका चर्चित निर्देशक मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।

गण्डक क्षेत्रतिर निकै प्रचलित पुरानो मौलिक भाका तथा थेगोलाई टपक्कै टिपेर शब्दहरु परिमार्जित गर्दै गीत बजारमा ल्याएको गायक रवि कार्कीले बताए ।

म्याग्दी भिरमुनी घरभई हालः जापानमा रहेका लोकप्रीय सर्जक प्रविण खत्री ठूलेको शव्द सृजना रहेको छ । “साईली सलक्कै” भाका आफु सानै छदा स्थानीयहरुले गायको सुनेको तर यो गीत कस्ले सृजना गरेको हो भन्न थाहा नभएको सर्जक खत्रीले बताए ।

कार्कीले गाएको जाम सुस्तै बोलको लोक दोहोरी गीत करोड कल्वमा प्रवेश गरको छ भने माया के रैछ, बेनी बजार झर मायालु, गलेश्वरको दर्शन लोक भजन लगायतका गीतहरु चर्चामा रहेका छन ।

उक्त गीतको भिडियोमा सुधिर श्रेष्ठ र जुना सुन्दासको अभिनय रहेको छ । यस अघिका गीतहरुले जस्तै “साईली सलक्कै” ले पनि सवै श्रोता दर्शकको अथाह माया पाउने अपेक्षा गरेको गायक कार्कीले बताए ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...