चिरायु नेशनल हस्पिटलले आफ्नो “९ औं गौरवशाली वार्षिकोत्सव – २०७९” भब्यताका साथ मनायो ।

काठमाडौं, नेपाल ।

बसुन्धारा, काठमाडौं स्थित चिरायु नेशनल हस्पिटलले आफ्नो नि:स्वार्थ स्वास्थ्य सेवामा समर्पित भएर मंसिर २२ गतेका दिन “९ औं गौरवशाली वार्षिकोत्सव – २०७९ मनाएको छ । यस कार्यक्रममा हेम गुरुङको अध्यक्षता रहेको थियो भने Dolma impact Fund का सिईओ टिम गोचरको प्रमुख आतिथ्यता रहेको थियो ।

साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजि र वरिष्ठ कलाकार निर्मल शर्माको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सञ्जीव राज भण्डारीले स्वागत मन्तब्य राखेका थिए ।

सो कार्यक्रममा अस्पताल भित्रका ओपिडी स्टाफ, क्याबिन स्टाफ, ओटि स्टाफ, हाउस किपिङ्ग स्टाफ, मेडिकल वार्ड स्टाफ, ईसियु स्टाफ, फन्ट अफिस स्टाफ, ल्याब स्टाफ, ईमर्जेन्सी स्टाफ आदिको नृत्य प्रस्तुति राखिएको थियो । अस्पताल भित्रको स्टाफहरुको नृत्यले सबैलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

उक्त कार्यक्रममा डाक्टर, कलाकार, पत्रकार र अन्य ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । चिरायु नेशनल हस्पिटलको “९ औं गौरवशाली वार्षिकोत्सव – २०७९” को अवसरमा Employee Of The Year Award बाट लक्ष्मी थारु, Performer Of The Year Award बाट वसन्त खनाल,  Head Of Department Of The Year बाट  हिमाल राना, पत्रकार प्रकाश बराईली “अभिव्यक्ति”, सञ्चारकर्मी तथा गायक राज कुमार रायमाझीलाई कदर पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो ।

चिरायु नेशनल हस्पिटलले कलाकार र बिपन्न बर्गका ब्यक्तिहरुलाई विशेष छुटका साथ स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । यस अस्पतालले आगामी दिनमा अझै थप र उत्कृष्ट सेवा प्रदान गर्ने कुरा चिरायु नेशनल हस्पिटल परिवारले प्रतिबद्धता जनाएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...