चिरायु नेशनल हस्पिटलले आफ्नो “९ औं गौरवशाली वार्षिकोत्सव – २०७९” भब्यताका साथ मनायो ।

काठमाडौं, नेपाल ।

बसुन्धारा, काठमाडौं स्थित चिरायु नेशनल हस्पिटलले आफ्नो नि:स्वार्थ स्वास्थ्य सेवामा समर्पित भएर मंसिर २२ गतेका दिन “९ औं गौरवशाली वार्षिकोत्सव – २०७९ मनाएको छ । यस कार्यक्रममा हेम गुरुङको अध्यक्षता रहेको थियो भने Dolma impact Fund का सिईओ टिम गोचरको प्रमुख आतिथ्यता रहेको थियो ।

साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजि र वरिष्ठ कलाकार निर्मल शर्माको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सञ्जीव राज भण्डारीले स्वागत मन्तब्य राखेका थिए ।

सो कार्यक्रममा अस्पताल भित्रका ओपिडी स्टाफ, क्याबिन स्टाफ, ओटि स्टाफ, हाउस किपिङ्ग स्टाफ, मेडिकल वार्ड स्टाफ, ईसियु स्टाफ, फन्ट अफिस स्टाफ, ल्याब स्टाफ, ईमर्जेन्सी स्टाफ आदिको नृत्य प्रस्तुति राखिएको थियो । अस्पताल भित्रको स्टाफहरुको नृत्यले सबैलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

उक्त कार्यक्रममा डाक्टर, कलाकार, पत्रकार र अन्य ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । चिरायु नेशनल हस्पिटलको “९ औं गौरवशाली वार्षिकोत्सव – २०७९” को अवसरमा Employee Of The Year Award बाट लक्ष्मी थारु, Performer Of The Year Award बाट वसन्त खनाल,  Head Of Department Of The Year बाट  हिमाल राना, पत्रकार प्रकाश बराईली “अभिव्यक्ति”, सञ्चारकर्मी तथा गायक राज कुमार रायमाझीलाई कदर पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो ।

चिरायु नेशनल हस्पिटलले कलाकार र बिपन्न बर्गका ब्यक्तिहरुलाई विशेष छुटका साथ स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । यस अस्पतालले आगामी दिनमा अझै थप र उत्कृष्ट सेवा प्रदान गर्ने कुरा चिरायु नेशनल हस्पिटल परिवारले प्रतिबद्धता जनाएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...