अम्बानले आयोजना गरेको २ दिने निःशूल्क स्वास्थ्य शिविरमा ६ सय जना नागरिकले लिए सेवा

काठमाडौँ ।
महेन्द्र भवन भूतपूर्व विद्यार्थी संघ नेपाल (अम्बान)ले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसंगको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिकामा निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अम्बानले यही वैशाख १ र १६ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीमा २ दिने शिविर सञ्चालन गरेको हो ।

निःशूल्क शिविरमा सिन्धुपाल्चोकका ६०० जनाको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्दका बरिष्ट डा. रबि मल्ल तथा वहाँका समूहका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गरेका थिए । उक्त परिक्षण कार्यक्रमका क्रममा ५ जना बिरामीलाई थप उपचारको आवश्यक देखिएको थियो । र, उक्त उपचार शहिद गंगालाल हृदय केन्द्रले निःशुल्क र सहुलियतमा गरिने जानकारी दिए ।

कार्यक्रममा अम्बानका अध्यक्ष सुजन मेन्डिजले निकट भविष्यमा यस्ता कार्यक्रमहरु देशका कुना कुनामा आयोजना गरी देशभरका मुटुरोगीहरुलाई उपचार गरी सेवा पुर्याउने बताए । अम्बानले नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरका निर्देशक डा. कमलबहादुर खड्काको संयोजकत्वमा महेन्द्र भवन माध्यमिक आवसीय बिद्यालयका बिद्यार्थीहरुलाई निःशूल्क दृष्टि जाँच कार्यक्रमको आयोजना गरेका थियो । दृष्टि जाँचको क्रममा कमजोर दृष्टि भएका १५ जना बिद्यार्थीहरुलाई नेपाल आँखा अस्पतालको सहयोगमा निशुल्क चस्मा उपलब्ध गराइयो ।

अम्बान २०४९ सालमा गठन गरिएको महेन्द्र भवन भुतपूर्व विद्यार्थीहरुको समूह हो । हाल यस संघमा आजीवन र साधारण सदस्य गरी कुल ३५० जना सदस्यहरु छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...