“टुबोर्ग खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” को तेस्रो दिन २० समूह बिच कडा प्रतिस्पर्धा, प्रतियोगिता अवधिभर प्रयोग भएका भाकाका मुल श्रस्टालाई रोयल्टी दिईने

काठमाडौं / नेपाल

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८  सुरु भैसकेको आज (चैत्र १८ गते) तेस्रो दिन भैसकेको छ ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” मा जम्मा ६१ समुहले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको पहिलो दिन (चैत्र १६ गते) औपचारिकता कार्यक्रम संगै उद्घाटन भएको थियो । प्रतियोगिताको दोस्रो दिन (चैत्र १७ गते) जम्मा ११ समुहले मात्र प्रतियोगितामा भाग लिएका थिए भने प्रतियोगिताको तेस्रो दिन (चैत्र १८ गते) जम्मा २० समुहले भाग लिएका थिए । बाँकी प्रतियोगी समुहलाई चौथो दिन (चैत्र १९ गते) प्रतिस्पर्धा गराईने कुरा प्रतियोगी संयोजक एबम प्रतिष्ठानका केन्द्रिय उप – महासचिब शिव हमालले जानकारी गराए ।

प्रतियोगिताको तेस्रो दिन प्रतिष्ठानका पुर्ब केन्द्रिय अध्यक्ष प्रजापती पराजुली र केन्द्रिय सदस्य पिएन सापकोटाले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए । प्रतियोगिताको तेस्रो दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष तथा आयोजक कमिटीका अध्यक्ष रमेश बिजिको अध्यक्षता रहेको थियो भने उच्च अदालतका न्यायाधीश नवराज थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको तेस्रो दिन बिच बिचमा चर्चित कलाकारहरुको प्रस्तुती समेत राखिएको थियो भने सहयोगीदाताहरु र आजिवन सदस्यता लिने ब्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतियोगिता अवधीभर प्रतिष्ठानका पुर्ब केन्द्रिय अध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजक रहने छन् भने निवर्तमान केन्द्रिय अध्यक्ष सह – संयोजक बद्री पंगेनी रहेका छन् । साथै यस प्रतियोगितामा अन्य अग्रज कलाकारहरु पनि निर्णायकको भुमिकामा रहने छन् ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०७८” को तेस्रो दिन युनिभर्सल टिभी, नेपाली रडियो नेटवर्क मार्फत देशभरका एफएम स्टेशनहरु र विभिन्न अनलाईनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यस प्रतियोगितामा प्रतियोगीहरुले गीत गाउदा प्रयोग भएको भाकाको मुल श्रस्टाहरुले रोयल्टी पाउने भएका छन् । प्रतियोगितामा प्रयोग भएका भाकाहरुको रोयल्टी “संगीत रोयल्टी संकलन समाज” मा बुझाएर मुल श्रस्टालाई रोयल्टी बितरण गरिने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

काठमाडौं अवस्थित भृकुटीमण्डपमा चैत्र १६ गते देखि आयोजना भएको “टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” चैत्र १९ गते सम्पन्न गर्ने भनिएता पनि तोकिएको मिति मै सम्पन्न गर्न र समापन कार्यक्रम गरि प्रतियोगी बिजेताहरुलाई पुरस्कार बितरण गर्न आयोजकलाई हम्मे हम्मे पर्ने अनुमान गरिएको छ । सोही कारणले गर्दा एक दिन म्याद थपिन सक्ने सबैको अनुमान छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...