“टुबोर्ग खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” को तेस्रो दिन २० समूह बिच कडा प्रतिस्पर्धा, प्रतियोगिता अवधिभर प्रयोग भएका भाकाका मुल श्रस्टालाई रोयल्टी दिईने

काठमाडौं / नेपाल

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८  सुरु भैसकेको आज (चैत्र १८ गते) तेस्रो दिन भैसकेको छ ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” मा जम्मा ६१ समुहले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको पहिलो दिन (चैत्र १६ गते) औपचारिकता कार्यक्रम संगै उद्घाटन भएको थियो । प्रतियोगिताको दोस्रो दिन (चैत्र १७ गते) जम्मा ११ समुहले मात्र प्रतियोगितामा भाग लिएका थिए भने प्रतियोगिताको तेस्रो दिन (चैत्र १८ गते) जम्मा २० समुहले भाग लिएका थिए । बाँकी प्रतियोगी समुहलाई चौथो दिन (चैत्र १९ गते) प्रतिस्पर्धा गराईने कुरा प्रतियोगी संयोजक एबम प्रतिष्ठानका केन्द्रिय उप – महासचिब शिव हमालले जानकारी गराए ।

प्रतियोगिताको तेस्रो दिन प्रतिष्ठानका पुर्ब केन्द्रिय अध्यक्ष प्रजापती पराजुली र केन्द्रिय सदस्य पिएन सापकोटाले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए । प्रतियोगिताको तेस्रो दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष तथा आयोजक कमिटीका अध्यक्ष रमेश बिजिको अध्यक्षता रहेको थियो भने उच्च अदालतका न्यायाधीश नवराज थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको तेस्रो दिन बिच बिचमा चर्चित कलाकारहरुको प्रस्तुती समेत राखिएको थियो भने सहयोगीदाताहरु र आजिवन सदस्यता लिने ब्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतियोगिता अवधीभर प्रतिष्ठानका पुर्ब केन्द्रिय अध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजक रहने छन् भने निवर्तमान केन्द्रिय अध्यक्ष सह – संयोजक बद्री पंगेनी रहेका छन् । साथै यस प्रतियोगितामा अन्य अग्रज कलाकारहरु पनि निर्णायकको भुमिकामा रहने छन् ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०७८” को तेस्रो दिन युनिभर्सल टिभी, नेपाली रडियो नेटवर्क मार्फत देशभरका एफएम स्टेशनहरु र विभिन्न अनलाईनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यस प्रतियोगितामा प्रतियोगीहरुले गीत गाउदा प्रयोग भएको भाकाको मुल श्रस्टाहरुले रोयल्टी पाउने भएका छन् । प्रतियोगितामा प्रयोग भएका भाकाहरुको रोयल्टी “संगीत रोयल्टी संकलन समाज” मा बुझाएर मुल श्रस्टालाई रोयल्टी बितरण गरिने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

काठमाडौं अवस्थित भृकुटीमण्डपमा चैत्र १६ गते देखि आयोजना भएको “टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” चैत्र १९ गते सम्पन्न गर्ने भनिएता पनि तोकिएको मिति मै सम्पन्न गर्न र समापन कार्यक्रम गरि प्रतियोगी बिजेताहरुलाई पुरस्कार बितरण गर्न आयोजकलाई हम्मे हम्मे पर्ने अनुमान गरिएको छ । सोही कारणले गर्दा एक दिन म्याद थपिन सक्ने सबैको अनुमान छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...