“कबड्डी ४” फिल्म प्रदर्शन रोक्न र फुर्वा लामालाई रिहाई गर्न माग गर्दै फिल्मको पोस्टर नै जलाए

वि.सं.२०७९ जेठ १७ मंगलवार ०७:१३

आइतबार काठमाडौंको सिभिल मलमा “कबड्डी ४” अभिनेत्री मिरुना मगरले आफ्नो संवेदनशील अंगमा छोएको भन्दै एक दर्शकलाई थप्पड हानिन् । मुगुका फुर्वा लामामाथि उनले हात मात्र हालिनन्, उनले प्रहरीको जिम्मा समेत लगाइन् ।
फुर्वा पक्राउ परे हिरासतमा रहेका फुर्वाको बिषयले अहिले सामाजिक संजाल गर्माएको छ । कतिपयले मिरुनाको कामलाई सही भनेका छन् भने कतीपयले मिरुनाले फुर्वामाथि माफी मागेपछि पनि अन्याय गरेको तर्क गरिरहेका छन् ।
आज बिहान काठमाडौंको के.एल टावर अगाडि फिल्म प्रदर्शन रोक्न र फुर्वा लामालाई रिहाई गर्न माग गरेका छन् । फिल्मको पोष्टर समेत जलाएर आन्दोलन गरिएको छ । नेपाली फिल्मको पोस्टर जलाइएको घटना सम्भवत यहि नै पहिलो हो ।

वि.सं.२०७९ जेठ १७ मंगलवार ०७:१३