टीका पुन र सन्तु थापाको स्वरमा रहेको तीज गीत “साच्चै राम्री छु र” सार्वजनिक

वि.सं.२०७९ साउन ७ शनिवार १४:१४

काठमाडौं / नेपाल
महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज विशेष गीतहरु बजारमा आउने क्रम जारी छ । सोही क्रममा तीज विशेष नयाँ गीत “साच्चै राम्री छु र” सार्वजनिक भएको छ ।
यस गीतमा सन्तु थापा र चर्चित गायिका टीका पुनको आवाज रहेको छ । सन्तोष गुरुङको निर्देशन रहेको गीतमा सन्तु थापाको परिकल्पना, नवीन लामा र पुनम श्रेष्ठको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, पदम सुबेदीको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा सन्तोष गुरुङ, नवीन लामा, पुनम श्रेष्ठ, सदिक्षा थापा आदिको अभिनय रहेको छ । यस गीतलाई सन्तु थापाको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।

वि.सं.२०७९ साउन ७ शनिवार १४:१४