“पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९” मा ललितपुर समिती प्रथम हुन सफल, अरु को को भए बिजेता ? थाहा पाउनुहोस्

काठमाडौं / नेपाल

“अग्रज कलाकारलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितिको आयोजनामा “पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९ यहि भाद्र ५ गतेका दिन काठमाडौं स्थित राष्ट्रिय नाच घर जमलमा भब्य रुपले सम्पन्न भएको छ ।

यस कार्यक्रममा सोही समितिका अध्यक्ष अञ्चल शाही सभापति रहेका थिए भने केन्द्रिय अध्यक्ष रमेश बिजिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चर्चित कलाकार र विभिन्न समितिका कलाकारहरुको उपस्थिति रहेको थियो ।  चर्चित कलाकारहरु प्रकाश दुतराज र दिनेश क्षेत्रीले सहजीकरण गर्दै कार्यक्रमको सञ्चालन गरेका थिए भने मिडिया संयोजकको रुपमा प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए ।

“पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९ मा ललितपुर समिती प्रथम हुन सफल भएको छ भने सुन्धारा समिती द्वितीय, लाजिम्पाट समिति तृतीय र ठमेल समिती सान्त्वना हुन सफल भएका थिए । यसै समितिको प्रत्यक बर्षको तीज प्रतियोगितामा लगातार ३ पटक प्रथम हुन सफल भएको छ ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार ३३,३३३/- , द्वितीय पुरस्कार २२,२२२/- , तृतीय पुरस्कार ११,१११ /- , सान्त्वना पुरस्कार ५,५५५/- निर्धारण गरिएको थियो । “पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९” मा केन्द्रिय वरिष्ठ उपाध्यक्ष रिता थापा मगर निर्णायक संयोजकको रुपमा थिईन् भने निर्णायकको रुपमा संस्थापक अध्यक्ष अमर बिरही गुरुङ, वरिष्ठ गायिका शर्मिला गुरुङ, पुर्व अध्यक्षहरु दुर्गा रायमाझी र चन्द्र शर्मा, केन्द्रिय अध्यक्ष रमेश बिजि, महिला उपाध्यक्ष राधिका हमाल, चर्चित नृत्य निर्देशक स्मृति तिमिल्सिना रहेका थिए ।

उक्त कार्यक्रममा अग्रज कलाकार, श्रस्टा, विभिन्न तह र तप्काबाट सहयोग गर्ने ब्यक्ती, सहयोगीदाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई भब्य रुपमा सम्पन्न पार्न सहयोग गर्नुहुने संघ, संस्था, ब्यक्तीहरु प्रती आभार प्रकट गर्दै आगामी दिनमा पनि नयाँ बसपार्क समितीलाई यसैगरी सहयोग गरिदिन आग्रह गर्दै अध्यक्ष अञ्चल शाहीले कार्यक्रम समापन गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...