“राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९” मा को को भए बिजेता ? थाहा पाउनुहोस्

काठमाडौं / नेपाल

“संस्कृति रहे सिर्जना रहन्छ, सिर्जना रहे श्रस्टा रहन्छ” बन्ने मुल नारा सहित सहयात्रा नेपालको प्रस्तुती र आवाज ईन्टरनेशनलको सहकार्यमा “राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९ काठमाडौं स्थित राष्ट्रिय नाच घर जमलमा भब्य रुपमा सफल भएको छ ।

यस प्रतियोगितामा सिन्धुली कला घर प्रथम, आठ मार्च सशक्तिकरण महिला नौमती बाजा समूह द्वितीय, लोक साँस्कृतिक महिला नौमती बाजा समूह तृतीय, सिर्जनशिल महिला नौमती बाजा समूह सान्त्वना हुन सफल भएका थिए भने अनुशासित समूह तर्फ सिर्खाली महिला पञ्चेबाजा समूह, उत्कृष्ट भेषभुषा तर्फ लिग लिग महिला नौमती बाजा समूह, प्रोत्साहन पुरस्कार तर्फ सुभारम्भ उधमी महिला समूह र मनाेरञ्जन नौमती बाजा समूह पर्न सफल भएका थिए ।

राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९”  मा सहयात्रा नेपालकी अध्यक्ष मिना बज्राचार्यको अध्यक्षता रहेको थियो भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रमको सञ्चालन आवाज ईन्टरनेशनलका अध्यक्ष शशी शर्मा मजगैयाले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए । कार्यक्रममा सहयात्रा नेपालका संस्थापक अध्यक्ष  दुर्गा रायमाझीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम निर्देशक चन्द्र शर्माले प्रतियोगिताका नियमहरु प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा निर्णायकहरु वरिष्ठ सहनाईबादक बल बहादुर जैरु, चर्चित एरेन्जर आशिष अबिरल, तेजिन्द्र गुरुङ, जोगेन्द्र केसि, दुर्गा रायमाझी लगायत अन्य रहेका थिए । कार्यक्रममा अग्रज कलाकार, चर्चित कलाकार, सहयोगीदाता र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

उक्त प्रतियोगितामा पुरस्कारहरू प्रथम पुरस्कार रु. ५५,५५५/- , द्वितीय पुरस्कार रू. ३३,३३३/- , तृतीय पुरस्कार रू. २२,२२२/- , सान्त्वना पुरस्कार रु.१५,०००/- , उत्कृष्ट समुह रू.१०,०००/- , अनुशासित समुह रू.१०,०००/- , उत्कृष्ट भेषभुषा रू.१०,०००/- तोकिएको थियो ।

यस कार्यक्रममा राष्ट्रिय नारी सम्मान – २०७९, खेलकुद, सञ्चार, समाजसेवा, राजनीति, स्वास्थ्य, शिक्षा, कलाकारितामा योग्दान पुर्‍याएका महिलाहरुलाई पनि सम्मान गरिएको थियो । साथै उत्कृष्ट महिला समुहलाई भाद्र १० गते ईन्द्रेणी स्टुडियोमा छायांकन गराउने कुरा पनि कार्यक्रम निर्देशक चन्द्र शर्माले जानकारी गराए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...