एस. पी. सापकोटाको शब्द रहेको नयाँ गीत “घाम झैँ बलेकि” बोलको गीत सार्वजनिक

एस. पी. सापकोटाको शब्द रहेको नयाँ गीत “घाम झैँ बलेकि” बोलको गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै गीतको भिडियो सार्वजनिक गरियो । गीतको भिडियो कर्म एस.पी. सापकोटा युटुब च्यानलमा। सार्वजनिक गरिएछ ।

गीतमा इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको छ । यो नै पवनदीपको पहिलो नेपाली गीत हो । गीतका संगीतकार भने शिखर सन्तोष हुन् । गीतमा पछिल्लो सयमका चर्चित एरेन्जर उदय राज पौडेलले एरेन्ज गरेका छन् ।

गीत बलिउडका चर्चित गायक तथा संगीतकार कैलाश खेरको। ‘कैलाशा स्टुडियो’ मा रेकर्ड गरिएको हो । जहाँ रेकर्ड भएका हजारौं बलिउड गीतहरु हिट छन् । गीतलाई मुम्बईका मिक्सीङ इन्जिनियर निरज सिंहले रेकर्ड गरेका हुन् । गीतको अडियो बलियो बनेको छ । पवनदीप पनि पहिलो पटक नेपाली गीत गाउँन पाउँदा निकै खुसी भएका छन् । उनले गीतकार एस पी सापकोटाको शब्द मन परेको बताए ।

उनि भन्छन्– ‘म बच्चै देखी नेपाली गीत सुन्दै आएको थिए । अहिले आफैले यति राम्रो नेपाली गीत गाउँन पाउँदा खुसी छु । नेपालबाट यस्तो राम्रो गीत बनेर मुम्बई आयो की, मलाई सुन्दर पहाडको झल्को लाग्यो, भिडियोलाई पछिल्लो समय नेपाली फिल्मका निकै ब्यस्त डि.ओ.पी. सुदिप बरालले निर्देशन गरेका हुन् । भने भिडियोका डि.ओ.पी. पनि सुदिप स्यमः नै हुन् । भिडियोमा कार्टुन क्रयू कि चर्चित मोडल आश्मा बिश्वकर्मा र अभिनेता राजकुमारले अभिनय गरेका छन् । राजकुमारले यस अघि नेपाली फिल्म ‘साइँनो’ मा अभिनय गरेका थिए ।

गीतको भिडियोलाई पोखरा र पोखराको आस पासका मनोरम दृष्य समेट्दै छायांकन गरिएको छ । भिडियोलाई स्तरिय बनाउँन कुनै पनि कसर बाकी नराखेको निर्देशक सुदीप बरालले बताए । भिडियोका सम्पादक प्रबिण भट्ट गरेका छ्न् । भिडयोका कोरियोग्रफर मौसम हिमाली हुन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...