एस. पी. सापकोटाको शब्द रहेको नयाँ गीत “घाम झैँ बलेकि” बोलको गीत सार्वजनिक

एस. पी. सापकोटाको शब्द रहेको नयाँ गीत “घाम झैँ बलेकि” बोलको गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै गीतको भिडियो सार्वजनिक गरियो । गीतको भिडियो कर्म एस.पी. सापकोटा युटुब च्यानलमा। सार्वजनिक गरिएछ ।

 

गीतमा इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको छ । यो नै पवनदीपको पहिलो नेपाली गीत हो । गीतका संगीतकार भने शिखर सन्तोष हुन् । गीतमा पछिल्लो सयमका चर्चित एरेन्जर उदय राज पौडेलले एरेन्ज गरेका छन् ।

 

गीत बलिउडका चर्चित गायक तथा संगीतकार कैलाश खेरको। ‘कैलाशा स्टुडियो’ मा रेकर्ड गरिएको हो । जहाँ रेकर्ड भएका हजारौं बलिउड गीतहरु हिट छन् । गीतलाई मुम्बईका मिक्सीङ इन्जिनियर निरज सिंहले रेकर्ड गरेका हुन् । गीतको अडियो बलियो बनेको छ । पवनदीप पनि पहिलो पटक नेपाली गीत गाउँन पाउँदा निकै खुसी भएका छन् । उनले गीतकार एस पी सापकोटाको शब्द मन परेको बताए ।

 

उनि भन्छन्– ‘म बच्चै देखी नेपाली गीत सुन्दै आएको थिए । अहिले आफैले यति राम्रो नेपाली गीत गाउँन पाउँदा खुसी छु । नेपालबाट यस्तो राम्रो गीत बनेर मुम्बई आयो की, मलाई सुन्दर पहाडको झल्को लाग्यो, भिडियोलाई पछिल्लो समय नेपाली फिल्मका निकै ब्यस्त डि.ओ.पी. सुदिप बरालले निर्देशन गरेका हुन् । भने भिडियोका डि.ओ.पी. पनि सुदिप स्यमः नै हुन् । भिडियोमा कार्टुन क्रयू कि चर्चित मोडल आश्मा बिश्वकर्मा र अभिनेता राजकुमारले अभिनय गरेका छन् । राजकुमारले यस अघि नेपाली फिल्म ‘साइँनो’ मा अभिनय गरेका थिए ।

 

गीतको भिडियोलाई पोखरा र पोखराको आस पासका मनोरम दृष्य समेट्दै छायांकन गरिएको छ । भिडियोलाई स्तरिय बनाउँन कुनै पनि कसर बाकी नराखेको निर्देशक सुदीप बरालले बताए । भिडियोका सम्पादक प्रबिण भट्ट गरेका छ्न् । भिडयोका कोरियोग्रफर मौसम हिमाली हुन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...