गीतकार एवं साहित्यकार शर्माको निबन्ध संग्रह “शब्द शिविर” सार्वजनिक

काठमाडौं । शिक्षाकर्मी, गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्ध संग्रह ‘शब्दशिविर’ सार्वजनिक भएको छ । ३१ वर्षअघि देखिएको निबन्धबाट प्रेरित भएर तयार गरेको २५ वटा निबन्धहरूको संग्रह शब्दशिविर सार्वजनिक भएको हो ।

लिट्टल एन्जल्सका प्रिन्सिपल रहेका शर्माको पुस्तक सोमबार विमोचन भएको हो । निबन्ध संग्रहको विद्यालयका संस्थापक एवं प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, साहित्यकार माधव प्रसाद पोखरेल, वरिष्ठ कलाकार हरिहर शर्मा, निबन्धकार एवं समिक्षक मोमिला, कामना न्यूज पब्लिकेशनका सम्पादक दिरेकलाल श्रेष्ठ तथा निबन्धकार शर्माका बुबा आमाले शब्दशिविरको विमोचन गरेका हुन् ।

कार्यक्रममा आफ्ना भनाई राख्दै राज्यमन्त्री श्रेष्ठले भने, ‘गीतकारको रुपमा चिनेको शर्माले निबन्ध संग्रह प्रकाशन गर्दा आफुलाई अत्यन्तै खुसी लागेको छ । ३४ वर्षदेखि निरन्तर विद्यालयको वागडोर सम्हाल्नुभएका प्रिन्सिपल शर्माको योगदानलाई कसैले बिर्सन हुदैन । अहिलेको अवस्थामा शिक्षामा आमुल परिवर्तनको आवश्यकता रहेको छ ।’

निबन्धकार शर्माले एक सताब्दी पुरा गरेका वुवा निमानन्द शर्मा र ९५ वर्षिय आमा शोभादेवीको कोख र काखको मेरो जिवनमा प्रेरणा मिलेको र त्यसैको परिणामको कारण निबन्ध संग्रह तयार भएको बताए । २०४७ सालमा मधुपर्कमा पहिलो निबन्ध संग्रह निबन्ध प्रकाशित भएपछि आफुलाई लेखन कार्यमा थप उर्जा मिलेको बताए ।

शर्माले भने , ‘मेरो विद्यार्थी एवं कामना न्युज पब्लिकेशनका प्रमुख कार्यकारी अधिकृत प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठसंग कफीसपमा भेट भएपछि उनले दिएको उक्साहटबाट आफुले निबन्ध संग्रह प्रकाशन गरी आज विमोचन गर्न पाएकोमा खुसीलागेको छ । यो पुस्तक संसारभर पुर्‍याउन मुख्य भुमिका खेल्ने कामना न्युन पब्लिकेशनको योगदान मुख्य रहेको छ । मलाई आशा छ कि पाठकहरुले यसलाई पढेर प्रतिक्रिया र सुझाव दिनुहुनेछ ।’

शर्माले निबन्ध संग्रह तयार गर्ने क्रममा विद्यालयका संस्थापक एवं राज्यमन्त्री श्रेष्ठ, विद्या लिम्बु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फत्तेबहादुर लिम्बु, विद्यालयका निर्देशक राजेश श्रेष्ठ, दाजु हरिहर शर्मा प्रकाशक कामना न्युज पब्लिकेशनका दिरेकलाल श्रेष्ठ र परिवारको सदस्यको कारण निबन्धले सार्थकता पाएको बताए ।

कार्यक्रममा बोल्दै निबन्धकार एवं समिक्षक मोमिलाले आफ्नो साहित्य यात्रामा निबन्धकार मुकुन्दराज शर्माले गरेको योगदानले थप मलजल भएको बताए । निबन्ध कृतिमा विषयगत विविधता रहेको र क्षणिकी लधु निबन्ध सटिक र प्रखर भएको उनको भनाई थियो ।

अर्का निबन्धकार माधव प्रसाद पोखरेलले निबन्धमा श्रीमती र पत्नीलाई गुरु भएको प्रसंग ल्याएर धर्मपत्नीको सहयोगलाई मुख्य रुपमा लिएको पाएको बताए ।

पोखरेल अगाडि भने, ‘शर्मासंग निबन्ध लेख्ने शैली रहेछ, पढ्दा गजब लाग्यो, निबन्ध त यस्तो हुनुपर्छ भन्ने लाग्यो । निबन्धलाई सटिक बनाउने कलाले शर्मालाई उच्च ओहदाका साहित्यकारको रुपमा लिन सकिन छ ।’

लिट्टल एन्जल्सका निर्देशक राजेश श्रेष्ठले उनको निबन्ध संग्रह लोकप्रिय हुनेमा आफु विश्वस्त रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फत्तेबहादुर लिम्बुले निबन्ध सरल भाषामा बगेको बताउदै शर्माको संग्रह उचाइमा पुग्ने अपेक्षा राखेको बताए ।

कार्यक्रममा नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ कलाकार हरिहर शर्माले मुकुन्द शर्माको निबन्ध संग्रहले उहालाई स्थापित साहित्यकार बनाएको बताए ।

उनले भने, ‘म साहित्यको ज्ञाता होइन तर मेरो भाइ मुकुन्दले यसअघि लेखेका सबै गीतले चर्चा कमाएको थियो, अब निबन्ध संग्रहले थप उचाइमा पुर्‍याउनेछ । यो निबन्ध प्रकाशक दिरेकलाल श्रेष्ठको गुरु दक्षिणाको रुपमा रहेको छ ।’

निबन्धकार एवं साहित्यकार दयाराम श्रेष्ठले यो निबन्धले साहित्य क्षेत्रको उचाइ चुम्न सफल हुने बताए ।

कार्यक्रममा कामना न्युज पब्लिकेशनका प्रबन्ध एवम सम्पादक दिरेकलाल श्रेष्ठले आफ्ना गुरु शर्माको कथाले आफ्नो मन छोएको कारण प्रकाशन गर्ने मौका पाएको बताए । स्वर्गीय बाजे भरतलाल श्रेष्ठ र स्वर्गिय वुवा पुस्कारलाल श्रेष्ठको ३८ वर्ष लामो पब्लिकेशन र पब्लिसरको अनुभवलाई आफ्नो प्रिन्सिपलको पुस्तक प्रकाशन गर्न पाएकोमा गौरब महसुस भएको श्रेष्ठको भनाई थियो ।

२५ वटा निबन्ध संकलित रहेको ‘शब्दशिविर’ आजबाट देशभर पाइनेछ । २ सय १२ पुष्ठको सो निबन्ध संग्रहको मुल्य ४ सय रहेको प्रकाशकले जनाएको छ । शब्दशिविरभित्र गुन्द्रुक भिसादेखि विश्रान्ती (क्षणिकी–२)सम्मका बेजोड निबन्धहरू रहेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...