परदेशमा फसे गायक असिम कटुवाल, आखिर कसरी फसे त ? (भिडियो सहित)

काठमाडौं, नेपाल ।  नेपाली गीत संगीतमा दैनिक फरक-फरक किसीमका गीतहरु बजारमा आएको तपाई हामी सबैले देख्न अनि बुझ्न सक्छौं । त्यस्ता धेरै फरक किसीमका गीतहरुले भाब फरक फरक बोकेर ल्याए पनि कुनै मिलन अथवा बिछोडलाई नै समेटेर आएका हुन्छन्  । चाहे प्रदेशी भएर परीवार संगको बिछोड होस् अथवा माया प्रेममा धोखा-खाएर बिछोडिएको या मिलन समेत त्यस्तै किसीमले जोडिएको हुन्छ ।

हजारौं त्यस्ता गितहरु फरक तरिकाले तयार पार्दै ल्याउने कलाकारको साच्चै कला हुन्छ र त कलाकार भनेर चिनिएको हो कि ? यसै बिचमा विभिन्न चार्ड पर्वहरु नजिक आए संगै समय अनि दर्शकले चाहे अनुसार चार्ड पर्व बिशेष गीतहरु समेत बजारमा आउने गर्दछन् । हिन्दु नेपाली हरुको महान चार्ड बिजया दसमी समेत नजिक आउदै गर्दा हिजो आज बजारमा धेरै दशैँ बिसेष गीतहरु समेत आउने गरेका छन् ।

चार्ड पर्व नजिक आएसंगे कलाकार चार्ड पर्व बिशेष गित रेकर्ड गर्न, सुटिङ्ग संगै विभिन्न सास्कृतिक कार्यक्रममा समेत ब्यस्त हुने गरेका हुन्छन । त्यस्तै गरेर करिब १ दसक देखी नेपाली गीत संगीतमा पाइलाहरु अगाडि बढाउदै गर्दाका बेला बखत विभिन्न गीतहरु ल्याउने दोलखाका गायक तथा सर्जक असिम कुमार कटवाल पनि एक हुन् ।

जसले नेपाली गित संगीत अन्तर्गत हुने विभिन्न सास्कृतिक कार्यक्रम संगै आफ्नो गायन यात्रालाई लामो समय देखी निरन्तरता दिदै आएका छन् । दर्जनौं गीतहरुमा स्वर दिएर केहि गीतहरुबाट सफलता समेत हात पारेका असिमले प्राय लोक दोहोरी विधाका गीतहरु गाउने गरेका हुन्छन । यसै बिचमा भर्खर मात्र असिम कुमार कटवालले आफ्नै युट्युब बाट नया दसैं गित सार्बजनिक गरेका छन् ।

गायिका गीता देबि र असिम कुमार कटवालको स्वर रहेको गीत “परदेश्मा फस्या छु” बोलको रहेको छ । यस गीतमा शब्द तथा लय  बिशाल थापा मगरको रहेको छ । प्रस्तुत गीतको भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका छन् भने  छायांकन मरभुमी नारायण र सम्पादन कल्पेश बिश्वकर्माको रहेको छ ।

“परदेश्मा फस्या छु” गीतको भिडियोमा अभिनय उत्तम केसी, सबिन गौतम, ज्ञान बहादुर सतशंकर, सोभा भट्टराई र बिस्व थापा मगरले गरेका छन् । जन्म भूमीमा दसैं आउदै गर्दा लाखौ नेपालीहरुलाई प्रदेशी भुमीमा हुने गाउँघरको याद अनि सम्झनालाई चित्रण गर्दै उक्त गीतको भिडियो तयार पारीएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...