चर्चित गायिका दिलु सलामी मगरको मौलिक पञ्चेबाजा “भार्सेली माया” सार्वजनिक
वि.सं.२०७९ मंसिर २ शुक्रवार ०४:०९
काठमाडौं, नेपाल । नेपाली सांगीतिक क्षेत्रमा एक पछि अर्को गर्दै नयाँ नयाँ गीतहरु बजारमा आउने क्रम जारी नै छ । सोही क्रममा चर्चित गायिका दिलु सलामी मगरको मौलिक पञ्चेबाजा “भार्सेली माया” सार्वजनिक भएको छ ।
यस गीतमा दिलु सलामी मगर र श्री बुढाथोकीको स्वर रहेको छ । सो गीतमा दिलु सलामी मगर र निश्चल श्रेष्ठको शब्द रहेको छ भने दिलु सलामी मगर कै संगीत रहेको छ ।
मान सिंह खड्काले निर्देशन गरेको गीतमा प्रकाश खड्काको छायांकन, दुर्गेश रानाको सम्पादन, राज कुमार मगरको रंग संयोजन रहेको छ ।
उक्त गीतको भिडियोमा नरु बुढाथोकी, राजेन्दै घर्ती, भुमिका पुन, बेबिना पुन, दिपा राना, अप्सरा गलामी, हेमा गलामी, अप्सरा भुजेल आदीको अभिनय रहेको छ ।
यस गीतलाई दिलु सलामी मगर युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।
वि.सं.२०७९ मंसिर २ शुक्रवार ०४:०९