लोकप्रिय लोक तथा दोहोरी गायिका टिका पुनको “टिका पुन सांगीतिक साँझ” आयोजना हुने

प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल ।

लोकप्रिय लोक तथा दोहोरी गायिका टिका पुनको “टिका पुन सांगीतिक साँझ” आयोजना हुने भएको छ । यस कार्यक्रम २०७९ माघ २१ गते शनीबारका दिन काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भब्य रुपमा सम्पन्न हुदैछ ।

यस कार्यक्रम दर्पण संगीतालयले आयोजना गरेको हो भने सत्यवती कला केन्द्रले सहकार्य गरेको हो । सुर्खेतमा जन्मिएकी बहुप्रतिभाशाली गायिका टिका पुनको कर्म घर दाङ हो । हाल: उनले काठमाडौंलाई कर्मथलो बनाएकी छिन् । उनी बिभिन्न संघ संस्थाहरुमा पनी आबद्ध छिन् । टिका पुन दर्पण संगीतालयको कार्यक्रम सञ्चालिका समेत हुन् । साथै उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको निवर्तमान सह – कोषाध्यक्ष समेत हुन् ।

 

सो कार्यक्रमलाई कर्णाली कलाकार समाज, कर्णाली युथ भोलीन्टियर्स, कालीकोटका युवा नेता तथा समाजसेबी ब्यक्तित्व भुपेन्द्र जंग शाहीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । केही समयपछि पत्रकार सम्मेलन गरी सम्पुर्ण कार्यतालिका बारे जानकारी गराउने कुरा टिका पुनले बताएकी छिन् ।

टिका पुनले सबै प्रकारका गीत गाउन सक्छिन् । केही समय अघी उनले राजु परियार सँग गाएको कती राम्रो दमाईको छोरो नामक लाईभ दोहोरीले अत्याधिक चर्चा कमाउन सफल भएको थियो । उनै लोकप्रिय गायिका टिका पुनले स्वर दिएका गीतहरु लालुपाते फुल छैन रुख मात्रै, सलल बगेको भेरी नदी, क्षितिज पारी उनको बस्तीमा, म पुजा गर्छु मायाको, ए बि सि डि, समाजको बन्धन, छोरी पाए, यो मार्मिक सन्देश, जुन पनी दाग छ, तिम्रो दर्शन पाईन, पोखरा फेवाताल घुम्नलाई, म त जुनी जुनी लगायत थुप्रै गीतहरुले चर्चा बटुल्न सफल भएका थिए ।

टिका पुनले ६ हजार भन्दा बढी गीतहरुमा स्वर दिईसकेकी छिन् । सानै छँदा गायनमा रुची राख्ने टिका पुनले बिगत १८ बर्ष देखी सांगीतिक क्षेत्रमा कर्म गर्दै आईरहेकी छिन् । “टिका पुन सांगीतिक साँझ” लाई भब्य रुपमा सफल बनाउन आयोजक टिमले कसरत गरिरहेको कुरा बताउदै सबैले आ-आफ्नो तर्फबाट सहयोग गरिदिन कार्यक्रम संयोजक उदिराम खड्काले अनुरोध गरेका छन् ।

“टिका पुन सांगीतिक साँझ” आयोजना हुन गईरहेकोमा खुसी हुँदै टिका पुन भन्छिन् “यो कार्यक्रम आयोजना हुनु मेरो लागी गर्वको कुरा हो । सर्वप्रथम त मेरा भगवानरुपी दर्शकहरुलाई नमन गर्न चाहन्छु । त्यसपछि मलाई जन्म दिने बुवा, आमा र मेरो अभिभावक सरह उदिराम खड्का दाई प्रती पनि आभारी छु । उदिराम खड्का दाई यस कार्यक्रमको कार्यक्रम संयोजक पनि हुनुहुन्छ । टिका पुन सांगीतिक साँझलाई सफल पार्नका लागी सहयोग आउनेक्रम जारी छ । सहयोग गर्नुहुने सहयोगीदाताहरु प्रती पनि आभारी छु । टिका पुन सांगीतिक साँझलाई भब्य रुपमा सफल बनाउन सबैले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।”

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...

गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “ए साईली” सार्वजनिक

गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “ए साईली” सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:०९

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” नुवाकोटको विदुर नगरपालिका स्थित इलम प्रशिक्षण केन्द्रमा जेठ २९, ३० र ३१ गते सञ्चालन हुने

“९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” नुवाकोटको विदुर नगरपालिका स्थित इलम प्रशिक्षण केन्द्रमा जेठ २९, ३० र ३१ गते सञ्चालन हुने

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:५२

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा "९...

नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेर एनसीआईडी प्राप्त गरेको छ

नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेर एनसीआईडी प्राप्त गरेको छ

वि.सं.२०८३ जेठ २७ बुधवार १६:३६

काठमाडौं। नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६...