राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “८ औं केन्द्रिय महाधिबेशन – २०७९” धादिङ बेशीमा हुने
वि.सं.२०७९ पुस ५ मंगलवार १२:११
प्रकाश बराईली “अभिब्यक्ती”
काठमाडौं, नेपाल ।
कलाकारहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “८ औं केन्द्रिय महाधिबेशन – २०७९” हुँदैछ । “८ औं केन्द्रिय महाधिबेशन – २०७९” धादिङ बेशीमा फागुन १२, १३ रु १४ गते सम्पन्न हुने भएको छ ।
पुस ५ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको भवनमा बसेको आकस्मिक बैठकले “८ औं केन्द्रिय महाधिबेशन – २०७९” धादिङ बेसीमा सम्पन्न गर्ने निर्णय गरेको कुरा केन्द्रिय सदस्य राज कुमार रायमाझीले जानकारी गराएका छन् ।
महाधिवेशन अन्तर्गत कै कार्यक्रममा माघको ६ र ७ सात गते चितवनको सौराहामा नव निर्वाचित जिल्ला, समन्वय, विदेश तथा प्रदेश शाखाका अध्यक्षहरुलाई वधाई तथा संस्थागत प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
बैठकले प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङलाई सम्मान स्वरुप मासिक पाँच हजार (५०००) रुपैया संस्थागत सेवा भत्ता आजिवन प्रदान गर्ने निर्णय गरेको खबर प्राप्त भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरु समेत गठन गरेको छ। “८ औं केन्द्रिय महाधिबेशन – २०७९” सभ्य तथा भब्य रुपमा सम्पन्न होस् भन्ने शुभकामना ब्यक्त गर्दछौ ।
वि.सं.२०७९ पुस ५ मंगलवार १२:११