गायिका निरा छन्त्यालको पोखरा विमान दुर्घटनामा निधन भएपछि गायक विष्णु खत्रीले यस्तो निर्णय गरे

काठमाडौं नेपाल। लोक गायिका निरा छन्त्यालको पोखरा विमान दुर्घटनामा निधन भएपछि गायक विष्णु खत्री निरासँगै सहभागी हुने भन्ने भिमापोखराको कार्यक्रममा सहभागी नहुने भएका छन् ।

बाग्लुङको भिमापोखरामा प्रगतिशिल यूवा क्लबले आयोजना गरेको माघे संक्रान्ति मेलामा माघ ४ गते गायिका निरासँगै प्रस्तुति दिने मिती तय गरेका विष्णुले गायिका निधनपछि कार्यक्रममा आफू सहभागी नहुने जनाएका छन् ।

उनले भनेका छन्, “सांगीतिक क्षेत्रमा एउटा आशा लाग्दी बाग्लुङकी चेली गुमाउनु पर्दा पिडा त छ नै तसर्थ निरा बैनी र म आउने भनिएको यस कार्यक्रममा म एक्लै पुगेर गीत गाउन असमर्थ छु । उक्त दिन उनकै सम्झनामा मैले माईक नसमाउने निधो गरेको छु अर्थात कार्यक्रम उपस्थित हुन नसक्ने जानकारी गराउन चाहन्छु ।”

भिमापोखराको कार्यक्रममा विष्णुले निरालाई सिफारिस गरेका थिए । “उनको स्टेज प्रोगाम अति नै आकर्षक थियो भने दर्शक श्रोतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियो । उनको दुर्घट्ना पछि यतिबेला म पनि मर्माहत छु ।” उनले भने ।

विष्णुले भिमपोखराबासी सँग क्षमा माग्दै अन्य कुनै अवसरमा उपस्थित भएर मनोरञ्जन दिने बाचा समेत गरे ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...