“सु.प. इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७९” को लागि आवेदन खुला

कैलाली – “सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७९” को लागि आवेदन खुला भएको छ । सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि. धनगढीको आयोजनामा म्युजिक अवार्ड वितरण गर्न लागिएको हो ।
सुदूरपश्चिममा पहिलो पटक म्युजिक अवार्ड वितरण गर्न लागिएको हो।

सुदूपश्चिममा हालसम्म कुनै पनि म्युजिक अवार्ड प्रदान कार्यक्रम नभएकोले सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि. को आयोजनामा पहिलो पटक उक्त कार्यक्रम गर्न लागिएको प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीले जानकारी दिए ।

देउडा, चौधरी र राना गीतहरु मध्येबाट बजारमा आएका गीत सङ्गीतका सर्जक, गायक र प्राविधिकहरुले उक्त अवार्ड कार्यक्रममा सहभागिता जनाउन पाउने जनाइएको छ ।

चौधरी मौलिक गीत, राना मौलिक गीत, देउडा मौलिक गीत, फ्युजन देउडा, लोक देउडा विधाहरु अवार्डको लागि छनौट हुनेछन् भने अडियोतर्फ गीतकार, संगीतकार, एरेन्जर, गायक गायिका रहनेछन् ।

त्यस्तै भिडियो तर्फ मोडल (पुरुष0, मोडल (महिला), छायांकार, सम्पादक र निर्देशक रहने आयोजकले जनाएको छ । यसैगरी सर्वोत्कृष्ट कला पत्रकारिता अवार्ड पनि प्रदान गरिने चन्दले बताए।
अवार्ड प्रतिस्पर्धाको लागि फागुन ४ गतेदेखि आवेदन फाराम खुल्ला गरीएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...