“कहिले कमाउनी” गीत ट्रेडिङमा पर्न सफल (भिडियो सहित)
वि.सं.२०७९ फागुन २० शनिवार ०५:३०
काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।
सोही क्रममा नयाँ गीत “कहिले कमाउनी” सार्वजनिक भएको छ । पछिल्लो समयमा पैसा कमाउन नसकेको पीडालाई आधार बनाएर यो गीतलाई बजारमा लिइएको हो । पशुपति शर्माको अफिसियल युटुब च्यानल बाट सार्वजनिक भएको यस गीत सार्वजनिक भएको केही घन्टामा ट्रन्डिङमा पर्न सफल भएको छ ।
पशुपति शर्मा, तिलक ओली र कामना ओलीको स्वर रहेको गीतलाई शब्द र संगीत तिलक ओलीले गरेका हुन् भने एरेञ्ज मिक्सिङ्ग बिनोद बाजुरालीको रहेको छ । स्टुडियो मलाश्रीमा रेकड भएको गीतलाई सागर बाजुरालीले रेकडिङ्ग गरेका हुन् ।
बिरेन्द्र ओलीको निर्देशन रहेको गीतमा प्रकाश खडकाको छायांकन दिपक बिष्टको सम्पादन रहेको छ । सरिता प्रजापतिको मेकअप रहेको छ भने कोरियोग्राफी सरद एल जिको रहेको छ ।
उक्त गीतको भिडियोमा भिडियोमा पशुपति शर्मा, कामना ओली, बिरेन्द्र ओली,पु र्णिमा जीएम, रमेश शर्मा, राजन मोक्तान, रत्ना भुजेल, कल्पना मल्ल, सरद एल जी, दुर्गा तामाङ्ग र रोजा तामाङ्गको अभिनय रहेको छ।
हेर्नुहोस भिडियो ।
वि.सं.२०७९ फागुन २० शनिवार ०५:३०