दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन प्रमाण पत्र बितरण कार्यक्रममा राजु बोहरा र प्रकाश बराईली “अभिब्यक्ति” सहित पत्रकार र कलाकारहरु सम्मानित

काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । म्यूजिक खबर म्यूजिक अवार्डमा गीत संगीतका विभिन्न ४० विधाका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो । काठमाडौंको हात्तिसार स्थित नेपाल हाउसको सभाहलमा आयोजित कार्यक्रममा पूर्व उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय राजेन्द्र लिङ्देनले म्यूजिक खबरको दश वर्षे यात्राले कला संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिएको बताउँदै राजनीतिले देशको नीति बनाइरहँदा कलाक्षेत्रलाई एकै ठाउँमा जोड्दै आर्थिक समृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्न म्यूजिक खबर अगाडि बढेकोमा शुभकामना व्यक्त गरेका थिए ।

 

 

त्यस्तै कार्यक्रमलाई शुभकामना मन्तव्य दिँदै अवार्डका अध्यक्ष सुमन बैरागीले दश वर्षे यात्रामा भोगिएको आरोह अवरोह विर्संदै कलाकारको सम्मान र प्रोत्साहनमा समर्पित गर्ने अवसर मिलेकोमा म्यूजिक खबर परिवारले गर्व महसुस गरेको बताएका थिए । उनले अवार्ड कार्यक्रमलाई कसरी हुन्छ निष्पक्ष र सम्मानयोग्य बनाउन क्रियाशील रहेको बताउँदै अवार्डको गरिमालाई सदैव कायम राख्दै अगाडि बढ्न म्यूजिक खबर कलाकारसँग हातेमालो गरिरहने बताए ।

 

म्यूजिक खबर म्यूजिक अवार्डका निर्देशक मिलन मोक्तानको सभापतित्वमा भएको अवार्डको यस कार्यक्रममा गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चूडामणी देवकोटा, महासचिव शिव राई, संगीत उद्योग संघ नेपालका अध्यक्ष सूर्य मगर, तमु कलाकार संघका अध्यक्ष शर्मिला गुरुङ, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रम जंग शाह, महासचिव अमृत खाती, गोरखा सांस्कृतिक समाजका महासचिव रविन लामिछाने, कार्यक्रमका सल्लाहकार राधेश्याम लेकाली, वरिष्ठ गायक प्रेमराजा महत, संगीतकार गणेश पराजुली, संगीतकार सन्तोष श्रेष्ठ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सरोज कोइरालाले सञ्चालन गरेका थिए । कार्यक्रममा गायिका मन्जु पौडेलले गीत प्रस्तुत गरेकी थिइन् ।

 

 

कार्यक्रममा साहित्य, कलासँग जोडिएका संचारकर्मी, साहित्यकार, कलाकारलाई पनि सम्मान गरिएको थियो । म्यूजिकखबर साहित्य सम्मानबाट साहित्यकार मालिका केशरी, म्यूजिक खबर कला सम्मानबाट चित्रकार सुमिना श्रेष्ठ, म्यूजिक खबर विशेष पत्रकारिता सम्मान नेमिष गौतम र राजु बोहरा, म्यूजिक खबर पत्रकारिता सम्मानबाट पत्रकार प्रकाश बराईली “अभिब्यक्ति”, अरविन्द्र गौतम र एलिना खनाललाई सम्मान गरिएको थियो ।

 

 

कार्यक्रमको फाइनल कार्यक्रममा सम्मान गरिने विभिन्न स्रष्टाहरुको पनि नाम घोषणा गरिएको थियो । म्यूजिक खबर दीर्घ साधना सम्मानबाट अग्रज गायिका तीर्थ कुमारी थापालाई सम्मान गरिने भएको छ भने दशकको सम्मानबाट गायक भोजराज काफ्ले र गायिका निशा देशारलाई सम्मान गरिने भएको छ । त्यस्तै म्यूजिक खबर युवा प्रतिभा पुरस्कारबाट गायिका मनिषा पोखरेललाई सम्मान गरिने भएको छ भने म्यूजिक खबर डायस्पोरा संगीत सम्मानबाट वरिष्ठ गायक प्रेमराजा महतलाई सम्मान गरिने भएको छ ।

 

 

म्यूजिक खबर संगीत सम्मानबाट गीतकारद्वय राम अबिरल र रामचन्द्र ढकाललाई सम्मान गरिने भएको छ भने म्यूजिक खबर बालप्रतिभा सम्मानबाट गायिका आयुषा गौतमलाई सम्मान गरिने भएको छ । त्यस्तै म्यूजिक खबर पत्रकारिता सम्मानबाट पत्रकार सानुकाजी श्रेष्ठ र चन्द्रमणी गौतमलाई सम्मान गरिने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...