“८ औं केन्द्रिय महाधिबेशनबाट नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम” राजधानीमा सम्पन्न

काठमाडौं । फागुन २९ गतेका दिन लोकदोहोरी दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीको ८ औं केन्द्रिय महाधिबेशनबाट नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा निवर्तमान अध्यक्ष रमेश बिजीको अध्यक्षता रहेको थियो भने संस्थापक अध्यक्ष अमर बिरही गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम राजधानीको नयाँ बसपार्क स्थित बिजी ब्याङ्क्वेटमा सम्पन्न भएको हो । लोकदोहोरी दिवस निवर्तमान अध्यक्ष रमेश बिजीको कार्यकालबाट मनाउन सुरु गरिएको हो । फागुन २९ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना दिवस कै दिन पारेर लोकदोहोरी दिवस मनाईएको हो ।

 

 

कार्यक्रममा पुर्व अध्यक्ष दुर्गा रायमाझी, पुर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, पुर्व अध्यक्ष चन्द्र शर्मा, पुर्व अध्यक्ष बद्री पंगेनी, हालै निर्वाचित अध्यक्ष रिता थापा मगर, केन्द्रिय सल्लाहकारहरु पृथ्बी थकाली, आरसी कोईराला, सन्तोष रेश्मी मगर, बागमती प्रदेशका अध्यक्ष बासु सिम्खडा, उपत्यका समन्वय समितीका अध्यक्ष अर्जुन थापा मगर लगायत वर्तमान सल्लाहकार, निवर्तमान सल्लाहकारहरु, समाजसेबी लगायत थुप्रै चर्चित कलाकारहरुको उपस्थित रहेको थियो । पदस्थापन कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव तथा नवनिर्वाचित उपाध्यक्ष सुवास केसीले गरेका थिए ।

 

 

पदस्थापन कर्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका संस्थापक अध्यक्ष अमर बिरही गुरुङले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष रिता थापा मगर लगायत सम्पुर्ण नयाँ कार्यसमितीलाई बधाई ज्ञापन संगै सम्मान पनि गरिएको थियो । त्यस्तै पृथ्बी थकाली, उज्जवल जंग ठकुरी, मोहन राना लगायत अन्य ब्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो भने पदस्थापन कार्यक्रम कै अवसरमा रमेश बिजीको कार्यकाल अवधीभर फोटो तथा भिडियो खिचेर साथ दिएको र हरेक प्रकारका समाचारहरु सम्प्रेषण गरी योग्दान दिएको भन्दै पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” लाई पनि सम्मान गरिएको थियो ।

 

 

पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष रमेश बिजीले नवनिर्वाचित अध्यक्ष रिता थापा मगरलाई कोट र ब्याच लगाईदिएर स्वागत पनि गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रिता थापा मगरले आफ्नो कार्ययोजनाहरु प्रस्तुत गर्दै कडाईका साथ कार्यान्वन गरी नव निर्वाचित कार्यसमितीलाई चुस्त दुरुस्त बनाएर लैजाने र कमी कमजोरी गर्ने जो सुकैलाई पनी कारबाही गर्न पछि नहट्ने घोषणा समेत गरेकी छिन् ।

 

 

प्रत्यक बर्ष प्रदेशहरुमा दोहोरी प्रतियोगिताहरुको आयोजना गर्ने, मेला महोत्सवहरुमा सहकार्य गर्ने, प्रतिष्ठानका बार्षिक कार्यक्रमहरुलाई निरन्तरता दिने, अग्रज कलाकारहरुको सम्मानका निमित्त एकल साँझको आयोजना गरिदिने लगायत अन्य कार्यक्रमहरु आयोजना गर्ने केन्द्रिय कार्यसमितीको आगामी योजना रहेको कुरा नवनिर्वाचित अध्यक्ष रिता थापा मगरले बताईन् ।

 

 

पदस्थापन कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष अमर बिरही गुरुङ, पुर्व अध्यक्षहरु दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनी, निवर्तमान अध्यक्ष रमेश बिजीले नवनिर्वाचित कार्यसमितीलाई बधाई तथा शुभकामना दिनुका साथै सबैलाई समेटिएर, चित्त दुखाई भएका साथीहरुलाई खुसी बनाएर लैजान र पराजित भएको महसुस नगराउन अनुरोध गरेका छन् । साथै मनोनित हुने कोटामा यस्को उस्को मान्छे राख्छु, नत्र फलानो मान्छे रिसाउला भन्ने सोचाई नराखिकन आफ्नो तरिकाले मनोनित गर्न समेत सबैले अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...