नेपाली मौलिक कला संस्कृतीलाई बिश्वसामु चिनाउने उदेश्यले बिश्व किर्तिमानी बन्दना नेपालले अमेरिकामा खोलिन् डान्स स्टुडियो

काठमाडौं । नृत्यमा विश्व कीर्तिमान राखेकी धनकुटाकी २० बर्षिया बन्दना नेपालले नेपाली मौलिक कला संस्कृतीलाई बिश्वसामु चिनाउने उदेश्यले नेपाली मौलिक नाच सिकाउन अमेरिकामा मारुनी डान्स स्टुडियो सुरु गरेकी छन् । लगातार १ सय २६ घन्टा लामो समयसम्म नृत्य गरेर विश्व कीर्तिमान राख्नेकी बन्दनाले अमेरीकामा रहेका हरेक नेपालीहरुलाई मौलिक नृत्य सिकाउन अमेरिकाको युलेस शहरमा “मारुनी डान्स स्टुडियो” सञ्चालनमा ल्याएकी हुन् ।

 

 

नेपालले भारत स्थित केरालाकी कला मण्डलम हेमलथाले १२३ घण्टा १६ मिनेट नृत्य गरेर बनाएको विश्व रेकर्ड १२६ घन्टा अर्थात् लगातार पाँच दिन नृत्य गरेकी तोडेकी थिइन् । उनले नृत्य बिधामा बिश्व रेकर्ड कायम गर्ने बेला पत्रकार प्रकाश बराईली अभिब्यक्तिले मिडिया संयोजन गरेका थिए भने सञ्चारकर्मी राज कुमार रायमाझी लगायत धेरै पत्रकारहरुले साथ सपोर्ट गरेका थिए ।

 

बेला बेला अमेरिकामा नेपाली कला संस्कृती झल्काउने कार्यक्रमहरु भईरहने गर्दछन् । तर अमेरिकामा नृत्य सिकाउने डान्स सेन्टर नभएको भन्दै उनले अमेरिकामा रहेका नेपालीलाई नेपाली मौलिक नृत्य सिकाउने उद्दश्यले युलेस सहरमा “मारुनी डान्स स्टुडियो” खोलेको उनले जानकारी गराईन् । यस डान्स सेन्टरमा आफु प्रशिक्षकको रुपमा रहने बताएकी छन् ।

 

सो डान्स स्टुडियोमा नेपाली संस्कृति झल्कने मारुनी, झ्याउरे, तामाङ सेलो, कौडा, देउडा, जुम्बा नृत्यका साथै नाच सम्बन्धी सैद्धान्तिक कक्षा समेत सञ्चालन हुने भएको छ । यहाँ स्टुडियोको समय तालिका अनुरुप नेपालीका साथ अन्य भााषीहरुले समेत नेपाली कलाको बारेमा अध्ययन गर्न सक्ने सञ्चालक बन्दना नेपालले बताएकी छन् ।

 

उनी ७ महिना अघि मात्र अध्ययनको शिलशिलामा अमेरिका पुगेको जनाएकी छन् । सानै उमेर देखि बहुप्रतिभाकी धनी रहेको नेपालको मुख्य रुची गीत संगीत, भ्रमणका साथै नृत्य क्षेत्रमा अगाडी बढ्ने सोच रहेको उनले बताईन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...