प्रताप दासको स्वरमा “मेरो चिता माथी” सार्वजनिक (भिडियो सहित)
वि.सं.२०८० वैशाख २५ सोमवार ०६:३०
काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।
सोही क्रममा “मेरो चिता माथि” नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक प्रताप दासको स्वर रहेको छ ।
बिछोडिएको प्रेम कथामा आधारित गितमा नविन पन्त र पुनम रिजालको अभिनय रहेको छ । पिके यन्टरटेन्मेन्ट प्रा.लिको प्रतुति रहेको गितमा शब्द नविन पन्तको छ भने यस गितमा संगित कर्ण राज गिरिको दिएका हो । उक्त गितको भडियोलाई चक्र बहादुर बरालले खिचेका हुन भने भिडियोको निर्देशन पनि नबिन पन्त आफैले गरेका छन ।
सो गीतको म्युजिक भिडियो खुशी टिम नामक अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो हेर्नको लागी तलको लिन्कमा गएर क्लिक गर्नुहोला ।
वि.सं.२०८० वैशाख २५ सोमवार ०६:३०