अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको पाँचौं केन्द्रिय वार्षिकोत्सव सम्पन्न

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले आफ्नो पाँचौं केन्द्रिय वार्षिकोत्सव असार १४ गत्ते बिहीवार भव्यताकासाथ मनाएको छ। उक्त कार्यक्रम पूर्वसभामुख कृष्णबहादुर महराको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो।

 

वार्षिकोत्सवको प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सामाजिक गतिविधिले समाज रुपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। आफ्नो चाहना पनि सामाजिक काम गर्ने नै भएको उहाँले बताउनुभयो। उहाँले अहिले राजनीति भन्दा समाजसेवातिर मान्छेको आकर्षण भएको बताउँदै समाज सेवाको रुपमा काम गर्न आएको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले रोल्पाली सेवा समाजले विभिन्न समयमा निकै महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै समाजमा आबद्ध व्यक्तिहरु एकताबद्ध भएर साझा सोच, विचारका साथ आगामी दिनमा अगाडि बढ्दै जानुपर्नेमा जोड दिनुभयो।

 

 

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा घोराही उमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले समाजले गरेका सामाजिक गतिविधिप्रति सम्मान व्यक्त गर्दै नेतृत्व विकासलगायतका गतिविधिमा संस्थालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले पीडितहरुमा मल्हम लगाउन गरेको सहयोग सराहनीय भएको बताउनुभयो।

 

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओलीले सामाजिक सञ्जालको दुरुपयोग बढेको बताउँदै साइबर सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले अनुमतिबिना कसैको तस्विर नलिन अनुरोध गर्दै साइबर सुरक्षाका विषयमा सबैलाई सचेत हुन आग्रह गर्नुभयो। कार्यक्रममा समाजसेवी पदम केसी, रेउघाली समाज समिति दाङका अध्यक्ष श्यामसुन्दर घर्ती मगर, संस्थापक अध्यक्ष सन्दीप थापा, समाजका महासचिव चेतबहादुर डाँगी, बागेश्वरी ट्रष्टका अध्यक्ष चतुरमान डाँगी, नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाका सभापति तिलक रावंतलगायतले बोल्नुभएको थियो।

 

 

सोही अवसरमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले पाँच वर्षको अवधिमा समस्यामा परेका समाजका सदस्य तथा अन्य ब्यक्तिलाई दुई करोड ५० लाख बढी आर्थिक सहायता दिएको जानकारी दिइएको थियो। वार्षिकोत्सवको अवसरमा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीले समाजले गर्दै आएको कामका बारेमा जानकारी गराउँदै हालसम्म १५ देशमा यसको शाखा विस्तार भएको बताउनुभयो। अधिवेशनका अवसरमा मौलिक पञ्जेबाजासहितको प्रभातफेरिले घोराही बजार परिक्रमा गरेको थियो भने कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो।

 

 

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका प्रवक्ता वकिलबहादुर पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार डिबी बुढाथोकीले गर्नुभएको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...