रियालिटी शो “दोहोरी आईकन” को निर्णायकमा कोमल ओली, पशुपती शर्मा, कुलेन्द्र बिश्वकर्मा

काठमाडौं । 

नेपाली मौलिक लोक दोहोरी गीतको संरक्षण र प्रबर्द्धन, अग्रजलाई सम्मान अनि नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारा सहित प्रतिभाको खोजी गर्ने उदेश्यले AJ Entertainment Pvt. Ltd द्वारा आयोजना गर्न लागिएको टेलिभिजन रियालिटी शो “दोहोरी आईकन” को पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।

 

 

यस कार्यक्रममा अजय पोखरेलको अध्यक्षता रहेको थियो भने बरिष्ठ लोक गायिका कोमल ओली समाजसेवी रमेश बाबु श्रेष्ठ, चर्चित गायक पशुपती शर्मा, चर्चित गायक कुलेन्द्र बिश्वकर्मा, चर्चित गायक कृष्ण रेउले, चर्चित गायक दिपक खड्का लगायत अन्य कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । “दोहोरी आईकन” AJ Entertainment Pvt. Ltd र यो हो टिभीको संयुक्त प्रस्तुतीमा सञ्चालन गर्न लागिएको हो ।

 

 

“दोहोरी आईकन” यो हो टिभीबाट केही महिनापछि सुरु हुने कुरा आयोजक पक्षले बताएको छ । “दोहोरी आईकन” मा बिशेष त मौलिकतालाई जोड दिईनुका साथै केही सातापछि डिजिटल तथा अनलाईन मार्फत अडिशन सुरु गरिने कुरा आयोजकको तर्फबाट जानकारी आएको छ ।

 

 

“दोहोरी आईकन” मा कोमल ओली, पशुपती शर्मा, कुलेन्द्र बिश्वकर्मा निर्णायकको रुपमा  रहेका छन् भने होस्टको रुपमा पिएन सापकोटा र शोभा त्रिपाठी रहेका छन् । साथै केही महिनामा अडिशन सुरु भए लगत्तै पुनः पत्रकार सम्मेलनको आयोजना गरि केही निर्णायक पनि थपिने कुरा पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । “दोहोरी आईकन” मा प्रथम पुरस्कार स्वरुप २५ लाख रुपैया निर्धारण गरिएको र बिश्व भ्रमणको पनि ब्यवस्था रहेको कुरा कार्यक्रममा घोषणा गरिएको थियो ।

 

 

“दोहोरी आईकन” मा मौलिकता र नयाँ प्रतिभालाई बिशेष जोड दिईने कुरा निर्णायकहरु कोमल ओली, कुलेन्द्र बिश्वकर्मा र पशुपती शर्माले बताए । पत्रकार सम्मेलनको कार्यक्रम सञ्चालन यसै आईकनका होस्ट पिएन सापकोटाले गरेका थिए भने पत्रकारहरु प्रकाश बराईली “अभिब्यक्ति” र गोपीकृष्ण चापागाईले मिडिया संयोजकको भुमिका निर्वाह गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...