नेपाल नेटवर्क टेलिभिजनको “दोहोरी आइडल” का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक

काठमाडौँ। नेपाल नेटवर्क टेलिभिजन NNTV ले “दोहोरी आइडल” का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक गरेको छ । “दोहोरी आइडल” नेपालको पहिलो बहुभाषिक रियालिटी शो हो जसमा सहभागीले नेपाली, मैथिली, पहाडी, भोजपुरी, तामाङ र नेवारी भाषामा प्रस्तुति दिनेछन् । वर्तमान सन्दर्भमा युवा पुस्तालाई आधुनिक संगीततर्फ आकर्षित गर्दै नेपालको विविधता युक्त लोकगीत संस्कृतिको संरक्षण र प्रवर्दन गर्ने यो एउटा ढाँचा हो ।

 

राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै आइडलका उत्कृस्ट ४२ लाई प्रमाणपत्र वितरण गरियो। प्रमाणपत्र वितरण कार्यक्रममा डिएआर मुभिजका प्रबन्ध निर्देशक श्याम धिताल, लोक गायक प्रेमराजा महत, लोक गायिका लक्ष्मी न्यौपाने, लोक गायिका राधिका हमाल, लोक गायक चन्द्र शर्मा लगायत थुप्रै बिसिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रमका संयोजक अमृत खातीले कार्यक्रम संचालन गरेका थिए ।

 

नेपालमा पहिलो पटक लिगस्तरीय दोहोरी रियालिटी शो “दोहोरी आइडल” हुने भएको छ । नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच हुने प्रतिस्पर्धाको विजेताले नगद दश लाख र कार प्राप्त गर्नेछन् । “दोहोरी आइडल” को उपविजेताले नगद तिन लाख र मोटरबाइक प्राप्त गर्नेछन्। डीएआर मुभिजको फर्म्याटमा बनेको “दोहोरी आइडल” का निर्देशक प्रभावन जे रहेका छन् ।

 

कार्यक्रमका निर्देशक प्रभावन जे एक सांगीतिक व्यक्तित्व हुन्। “दोहोरी आइडल” लाई उत्कृस्ट बनाउनु उनका लागी चुनौतीको बिषय रहेको छ । आयोजकका अनुसार पहिलो राउण्ड सुटिङ सकिएको छ र यसको अफिसियल ट्रेलर छिट्टै सार्वजनिक गरिने छ । ट्रेलर सार्वजनिक भए संगै प्रतियोगिताको जजहरु रिभिल गरिनेछ ।

 

दोहोरी आइडलको उत्कृस्ट २० टिमका सहभागीहरुमा सविन आचार्य,रीता रावत, सपना रोका, विक्रम बालू विश्वकर्मा, तारा थापा, टेकराज भण्डारी, रविन्द्र सुनार, निर्भता वस्नेत, सुस्मा ठकुरी, रत्न श्रेष्ठ, सरोज सिम्खडा, आशा के.सी., संगीता थापा, सुरेन्द्र ज्याली मगर, वपु सविता परियार, अनिल सुनार, निशान्त बिक, लक्ष्मी बस्नेत,सिदार्थ आले, प्रिती गीरी,सुमन खड्‌का, शर्मिला बिसी,सानु केसी, सविता ढुङ्गाना, प्रकाश दुरा, खुस्बु सुनार, विजय वाँनिया, लक्ष्मी भण्डारी, विवेक धिताल, जमुना सुनार दिपेन्द्र पौडेल, राममाया थापा,मीना नेपाल, प्रशन्न पाठक र राजेन्द्र पाठक, अर्जुन खड्‌का, सचिन भइराई,तिर्सना बुढा क्षेत्री,जीवन सिग्देल, रेनुका भट्टराई, प्रितम पोखरेल, वीना अनुरागी, राजेन्द्र पाठक,शान्ती भुषाल आदी रहेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...