नेपाल नेटवर्क टेलिभिजनको “दोहोरी आइडल” का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक

काठमाडौँ। नेपाल नेटवर्क टेलिभिजन NNTV ले “दोहोरी आइडल” का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक गरेको छ । “दोहोरी आइडल” नेपालको पहिलो बहुभाषिक रियालिटी शो हो जसमा सहभागीले नेपाली, मैथिली, पहाडी, भोजपुरी, तामाङ र नेवारी भाषामा प्रस्तुति दिनेछन् । वर्तमान सन्दर्भमा युवा पुस्तालाई आधुनिक संगीततर्फ आकर्षित गर्दै नेपालको विविधता युक्त लोकगीत संस्कृतिको संरक्षण र प्रवर्दन गर्ने यो एउटा ढाँचा हो ।

राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै आइडलका उत्कृस्ट ४२ लाई प्रमाणपत्र वितरण गरियो। प्रमाणपत्र वितरण कार्यक्रममा डिएआर मुभिजका प्रबन्ध निर्देशक श्याम धिताल, लोक गायक प्रेमराजा महत, लोक गायिका लक्ष्मी न्यौपाने, लोक गायिका राधिका हमाल, लोक गायक चन्द्र शर्मा लगायत थुप्रै बिसिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रमका संयोजक अमृत खातीले कार्यक्रम संचालन गरेका थिए ।

नेपालमा पहिलो पटक लिगस्तरीय दोहोरी रियालिटी शो “दोहोरी आइडल” हुने भएको छ । नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच हुने प्रतिस्पर्धाको विजेताले नगद दश लाख र कार प्राप्त गर्नेछन् । “दोहोरी आइडल” को उपविजेताले नगद तिन लाख र मोटरबाइक प्राप्त गर्नेछन्। डीएआर मुभिजको फर्म्याटमा बनेको “दोहोरी आइडल” का निर्देशक प्रभावन जे रहेका छन् ।

कार्यक्रमका निर्देशक प्रभावन जे एक सांगीतिक व्यक्तित्व हुन्। “दोहोरी आइडल” लाई उत्कृस्ट बनाउनु उनका लागी चुनौतीको बिषय रहेको छ । आयोजकका अनुसार पहिलो राउण्ड सुटिङ सकिएको छ र यसको अफिसियल ट्रेलर छिट्टै सार्वजनिक गरिने छ । ट्रेलर सार्वजनिक भए संगै प्रतियोगिताको जजहरु रिभिल गरिनेछ ।

दोहोरी आइडलको उत्कृस्ट २० टिमका सहभागीहरुमा सविन आचार्य,रीता रावत, सपना रोका, विक्रम बालू विश्वकर्मा, तारा थापा, टेकराज भण्डारी, रविन्द्र सुनार, निर्भता वस्नेत, सुस्मा ठकुरी, रत्न श्रेष्ठ, सरोज सिम्खडा, आशा के.सी., संगीता थापा, सुरेन्द्र ज्याली मगर, वपु सविता परियार, अनिल सुनार, निशान्त बिक, लक्ष्मी बस्नेत,सिदार्थ आले, प्रिती गीरी,सुमन खड्‌का, शर्मिला बिसी,सानु केसी, सविता ढुङ्गाना, प्रकाश दुरा, खुस्बु सुनार, विजय वाँनिया, लक्ष्मी भण्डारी, विवेक धिताल, जमुना सुनार दिपेन्द्र पौडेल, राममाया थापा,मीना नेपाल, प्रशन्न पाठक र राजेन्द्र पाठक, अर्जुन खड्‌का, सचिन भइराई,तिर्सना बुढा क्षेत्री,जीवन सिग्देल, रेनुका भट्टराई, प्रितम पोखरेल, वीना अनुरागी, राजेन्द्र पाठक,शान्ती भुषाल आदी रहेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...